२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश सरकारको लगानीमा सर्पदंश उपचार केन्द्र निर्माण

१६ श्रावण २०७७, शुक्रबार ०७:१०

साउन १६, डोटी । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा अत्याधुनिक सर्पदंश उपचार केन्द्र निर्माण हुन थालेको छ । यहाँका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा तथा डोटीका सर्पदंशका बिरामीलाई मध्यनजर गरी उक्त अस्पताल निर्माण गरिन लागेको हो । 

दिपायल सिलगढी नगरपालिकाको समन्वयमा सामाजिक विकास मन्त्रालयले रु २१ लाख बजेट विनियोजन गरी अस्पताल निर्माण गरिने नगर प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका सात पहाडी जिल्लामा पहिलोपटक अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरिन लागिएको हो । 

दुई कोठे सुविधा सम्पन्न उक्त उपचार केन्द्र क्षेत्रीय प्रहरी अस्पताल दिपायलको मातहतमा रहने गरी निर्माण शुरु गरिएको अस्पतालका निमित्त प्रमुख तथा डा बबिता गजमेरले बताउनुभयो । उहाँले भन्नुभयो, “सर्पदंश उपचार केन्द्र नभएर बर्सेनि यहाँका पहाडी जिल्लामा दजनौँ स्थानीयको अकालमै ज्यान जाने गरेको थियो, अब उपचार केन्द्र बनेपछि उपचार र सेवामा सहज हुने भएको छ ।” अस्पतालमा निर्माण भइरहेको उक्त उपचार केन्द्र निर्माण कार्य तीव्र गतिमा शुरु गरिएको उपचार केन्द्र निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी देवेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाको समय भए पनि हामीले निर्माण कार्य तीव्ररुपमा शुरु गरेका छौँ, तोकिएकै समयमा काम सम्पन्न हुनेछ ।”

डोटीसहित यहाँका अन्य पहाडी जिललामा विषालु सर्पका कारण बर्सेनि उपचार नपाई ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि दिपायल सिलगढी नगरपालिकाको पहलमा सामाजिक विकास मन्त्रालयले दिपायलमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटीसहित यहाँका पहाडी जिल्लामा बर्सेनि सर्पदंशबाट स्थानीयवासीको अकालमै ज्यान जान थालेपछि नगरपालिकाको पहलमा उचार केन्द्र निर्माण गरिन लागेको हो, सर्पदंशबाट ज्यान जाने अवस्था रोकिने छ ।” निर्माण कार्य सम्पन्न भएपछि लगत्तै सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।  

त्यस्तै प्रदेश सरकारबाट सर्पदंशका बिरामीको उपचारका लागि चाहिने स्नेक एन्टी भेनम र अन्य आवश्यक सामग्रीका लागि पहल भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार गत वर्ष मात्रै सुदूरपश्चिमभरिमा सर्पदंशका कारण ४३ जनाको मृत्यू भएको थियो । सर्पले डसेका बिरामीलाई समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याइएका बिरामीले तत्काल औषधि नपाउँदा उनीहरुको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याङ्कमा उल्लेख छ । सुदूरपश्चिममा सरकारीस्तरबाट सर्पदंशको उपचार केन्द्र नभए पनि नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहत रहेको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री नं २५ बाहिनी अड्डाअन्तर्गतको कञ्चनपुरको अर्जुनीमा रहेको देवी दल गणले विसं २०७३ देखि आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र खोलेर सञ्चालनमा ल्याएको छ तर यहाँका अन्य सात पहाडी जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताले समयमै उपचार नपाउँदा धेरैको अकालमा ज्यान जाने गरेको थियो । यहाँका पहाडी जिल्लामा गर्मीयाम तथा वर्षायाममा सर्पको बिगबिगी हुने गरेको छ । यहाँका पहाडी भेगमा हरेउ र गुर्वेलगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको पाइएको चिकित्सक बताउँछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान