२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘अब यात्रुले अन्तरराष्ट्रिय विमानस्थलको नयाँ स्वाद लिनेछन्’

२०७७, १६ श्रावण शुक्रबार १४:५४

सिबी अधिकारी | साउन १६, काठमाडौँ | मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाकासाथ शीघ्र सञ्चालन योग्य भएको छ ।

विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप बदलिएको छ । विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिनेगरी अन्तरराष्ट्रिय विमानस्थलको संरचना थप्नुका साथै सेवा विस्तार र स्तरीकरणको कार्य धमाधम भइरहेको हो ।

विश्वसँग नेपाललाई जोड्ने एक मात्रै अन्तरराष्ट्रिय विमानस्थल भएकाले यसलाई आधुनिकीकरण गर्ने, क्षमता अभिवृद्धि गर्दै सेवा विस्तार र स्तरीकरण गर्ने कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत निरन्तर भइरहेको छ । त्यसको नतृत्व गर्ने पर्यटनमन्त्री योगेशकुमार भट्टराईले विमानस्थलको क्षमता विस्तार र स्तरोन्नतिको कामलाई निरन्तर अवलोकन र निर्देशन दिदैँ अहिलेको अवस्थामा आइपुगेको हो ।

विमानस्थलमा पछिल्लो समय भइरहेको कामबारे पर्यटनमन्त्रीले धेरै समय अन्तरराष्ट्रिय विमानस्थललाई दिदैँ आउनुभएको छ । परिणामस्वरुप विमानस्थलमा सञ्चालित आयोजनाले सकारात्मक परिणाम हासिल गरेका छन् । यसै शिलशिलामा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले आज अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चालित विभिन्न परियोजनाका साथै सेवा स्तरीकरणका लागि भइरहेका कामको स्थलगत अवलोकन गर्नुभयो ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितका उच्च अधिकारीलाई साथमा लिएर मन्त्री भट्टराईले विमानस्थलको प्रगति र सञ्चालिन नयाँ सेवा सुविधाको निरीक्षण र निर्देशन दिनुभएको हो ।

कोभिड १९ महामारीले विश्व नै संत्रास छाइरहेको अवस्थामा अन्तरराष्ट्रिय  विमानस्थलको पूर्वाधार निर्माणको काम निरन्तर अघि बढेको छ । पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ नियन्त्रणका लागि नेपालमा लागू गरिएको बन्दाबन्दीभर कुनैपनि निर्माण कार्य अवरोध नभएको बताउनुभयो । उहाँका अनुसार यो बिचमा विमानस्थलमा नयाँ प्रगति भएको छ । अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम सकिएको छ । साबिकको तीन हजार मिटर लामो धावनमार्ग विस्तार गरी थप ३०० मिटर बनाइएको छ । 

धावनमार्ग छोटो हुदाँ जहाजलाई सुरक्षित उडान अवतरण गर्न केही कठिनाई भइरहेको थियो । विस्तारित धावनमार्गले उडान सुरक्षा सुनिश्चितता प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ । बन्दाबन्दीकैबीच अन्तरराष्ट्रिय टर्मिनल भवनमा एक हजार ५०० क्षमताको ‘डिपार्चर हल’ निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । पुरानो डिपार्चर हल भत्काएर नयाँ बनाइएको हो ।

यही बीचमा वाइड बढी जहाज राख्न मिल्ने क्षमताका ‘पार्किङ्ग वे’ थपिएको छ । यसले ‘पार्किङ्ग वे’ मात्र थपिएको छैन । आकासमा जहाज होल्ड हुने अवस्थालाई पनि केही मात्रामा घटाएको पर्यटनमन्त्री भट्टराईले बताउनुभयो । विमानस्थलको क्षमता अभिवृद्धिका लागि ‘लगेज वेल्ट’ थप्नेलगायत अन्य सेवा सुविधा थप्दै जाने योजना छ । समानान्तर ‘ट्याक्सी वे’ निर्माण तथा विमानस्थलको उत्तरतर्फ थप २२ वटा जहाज क्षमताका पार्किङ्ग स्थल बनाउनेजस्ता कार्यक्रम पनि योजनावद्ध अघि बढेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भदौँ १ गतेबाट सञ्चालन हुने आन्तरिक र अन्तरराष्ट्रिय उडान सञ्चालनताका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गर्नेगरी तयारी गरिएकोे बताउनुभयो । मन्त्री भट्टराईले निर्माणाधीन बाँकी काम छिटो सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “यी सबै संरचना, सेवा र सुविधाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको छ । देख्दा पनि आकर्षक भएको छ । भदौँ १ गतेपछि नेपाल आउने विदेशी पर्यटक तथा जतिपनि नेपाली दाजुभाई दिदिबहिनी काठमाडौँ विमानस्थलमा झर्दा विमानस्थलको नयाँ स्वाद लिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।”

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले विमानस्थलको क्षमता अभिविृद्धि र सेवा सुदृढिकरणको काम निरन्तर भइरहेको बताउनुभयो । प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक मुरारी भण्डारीले विमानस्थल विस्तारको बाँकी समानन्तर ‘ट्याक्सी वे’ र पार्किङ्ग क्षेत्र विस्तारको काम चालुआबमा अघि बढ्ने बताउनुभयो । पार्किङ्ग क्षेत्र विस्तारका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भइसकेको विमानस्थलले जनाएको छ ।

बन्दाबन्दीको पाँच महिनापछि भदौँ १ गतेबाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन् । विमानस्थलमा भौतिक दूरी कायम गरी, मास्क र सेनिटाइजरको प्रयोगलगायत स्वास्थ्य सावधानीका बारे कर्मचारी तथा यात्रुले पालना गर्नुपर्ने पूर्वअभ्यास समेत भइसकेको छ ।

विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ) र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन(आइकाओ)को मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको विमानस्थलले जनाएको छ । अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० वायु सेवा कम्पनीले उडान गर्छन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो