९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘अब यात्रुले अन्तरराष्ट्रिय विमानस्थलको नयाँ स्वाद लिनेछन्’

१६ श्रावण २०७७, शुक्रबार १४:५४

सिबी अधिकारी | साउन १६, काठमाडौँ | मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाकासाथ शीघ्र सञ्चालन योग्य भएको छ ।

विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप बदलिएको छ । विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिनेगरी अन्तरराष्ट्रिय विमानस्थलको संरचना थप्नुका साथै सेवा विस्तार र स्तरीकरणको कार्य धमाधम भइरहेको हो ।

विश्वसँग नेपाललाई जोड्ने एक मात्रै अन्तरराष्ट्रिय विमानस्थल भएकाले यसलाई आधुनिकीकरण गर्ने, क्षमता अभिवृद्धि गर्दै सेवा विस्तार र स्तरीकरण गर्ने कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत निरन्तर भइरहेको छ । त्यसको नतृत्व गर्ने पर्यटनमन्त्री योगेशकुमार भट्टराईले विमानस्थलको क्षमता विस्तार र स्तरोन्नतिको कामलाई निरन्तर अवलोकन र निर्देशन दिदैँ अहिलेको अवस्थामा आइपुगेको हो ।

विमानस्थलमा पछिल्लो समय भइरहेको कामबारे पर्यटनमन्त्रीले धेरै समय अन्तरराष्ट्रिय विमानस्थललाई दिदैँ आउनुभएको छ । परिणामस्वरुप विमानस्थलमा सञ्चालित आयोजनाले सकारात्मक परिणाम हासिल गरेका छन् । यसै शिलशिलामा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले आज अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चालित विभिन्न परियोजनाका साथै सेवा स्तरीकरणका लागि भइरहेका कामको स्थलगत अवलोकन गर्नुभयो ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितका उच्च अधिकारीलाई साथमा लिएर मन्त्री भट्टराईले विमानस्थलको प्रगति र सञ्चालिन नयाँ सेवा सुविधाको निरीक्षण र निर्देशन दिनुभएको हो ।

कोभिड १९ महामारीले विश्व नै संत्रास छाइरहेको अवस्थामा अन्तरराष्ट्रिय  विमानस्थलको पूर्वाधार निर्माणको काम निरन्तर अघि बढेको छ । पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ नियन्त्रणका लागि नेपालमा लागू गरिएको बन्दाबन्दीभर कुनैपनि निर्माण कार्य अवरोध नभएको बताउनुभयो । उहाँका अनुसार यो बिचमा विमानस्थलमा नयाँ प्रगति भएको छ । अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम सकिएको छ । साबिकको तीन हजार मिटर लामो धावनमार्ग विस्तार गरी थप ३०० मिटर बनाइएको छ । 

धावनमार्ग छोटो हुदाँ जहाजलाई सुरक्षित उडान अवतरण गर्न केही कठिनाई भइरहेको थियो । विस्तारित धावनमार्गले उडान सुरक्षा सुनिश्चितता प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ । बन्दाबन्दीकैबीच अन्तरराष्ट्रिय टर्मिनल भवनमा एक हजार ५०० क्षमताको ‘डिपार्चर हल’ निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । पुरानो डिपार्चर हल भत्काएर नयाँ बनाइएको हो ।

यही बीचमा वाइड बढी जहाज राख्न मिल्ने क्षमताका ‘पार्किङ्ग वे’ थपिएको छ । यसले ‘पार्किङ्ग वे’ मात्र थपिएको छैन । आकासमा जहाज होल्ड हुने अवस्थालाई पनि केही मात्रामा घटाएको पर्यटनमन्त्री भट्टराईले बताउनुभयो । विमानस्थलको क्षमता अभिवृद्धिका लागि ‘लगेज वेल्ट’ थप्नेलगायत अन्य सेवा सुविधा थप्दै जाने योजना छ । समानान्तर ‘ट्याक्सी वे’ निर्माण तथा विमानस्थलको उत्तरतर्फ थप २२ वटा जहाज क्षमताका पार्किङ्ग स्थल बनाउनेजस्ता कार्यक्रम पनि योजनावद्ध अघि बढेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भदौँ १ गतेबाट सञ्चालन हुने आन्तरिक र अन्तरराष्ट्रिय उडान सञ्चालनताका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गर्नेगरी तयारी गरिएकोे बताउनुभयो । मन्त्री भट्टराईले निर्माणाधीन बाँकी काम छिटो सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “यी सबै संरचना, सेवा र सुविधाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको छ । देख्दा पनि आकर्षक भएको छ । भदौँ १ गतेपछि नेपाल आउने विदेशी पर्यटक तथा जतिपनि नेपाली दाजुभाई दिदिबहिनी काठमाडौँ विमानस्थलमा झर्दा विमानस्थलको नयाँ स्वाद लिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।”

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले विमानस्थलको क्षमता अभिविृद्धि र सेवा सुदृढिकरणको काम निरन्तर भइरहेको बताउनुभयो । प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक मुरारी भण्डारीले विमानस्थल विस्तारको बाँकी समानन्तर ‘ट्याक्सी वे’ र पार्किङ्ग क्षेत्र विस्तारको काम चालुआबमा अघि बढ्ने बताउनुभयो । पार्किङ्ग क्षेत्र विस्तारका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भइसकेको विमानस्थलले जनाएको छ ।

बन्दाबन्दीको पाँच महिनापछि भदौँ १ गतेबाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन् । विमानस्थलमा भौतिक दूरी कायम गरी, मास्क र सेनिटाइजरको प्रयोगलगायत स्वास्थ्य सावधानीका बारे कर्मचारी तथा यात्रुले पालना गर्नुपर्ने पूर्वअभ्यास समेत भइसकेको छ ।

विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ) र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन(आइकाओ)को मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको विमानस्थलले जनाएको छ । अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० वायु सेवा कम्पनीले उडान गर्छन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो