साउन ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आव २०७३/७४ देखि लागू हुनेगरी घरजग्गा करमा केही छुट गरेको छ । 

काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेका अनुसार सेवाग्राहीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कामपाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आव २०७३/७४ देखि लागू हुनेगरी घरजग्गा करमा केही छुट गरेको छ । 

काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेका अनुसार सेवाग्राहीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कामपाले"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ महानगरपालिकाले दियो घरजग्गा करमा छुट

२०७३, ११ श्रावण मंगलवार ०२:३०

साउन ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आव २०७३/७४ देखि लागू हुनेगरी घरजग्गा करमा केही छुट गरेको छ । 

काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेका अनुसार सेवाग्राहीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कामपाले कर असुलीमा केही छुट गरेको हो । यसअघि करदाताले मूल सडकभित्र रहेका तीन आनासम्म जग्गाका लागि रु तीन हजार र त्यसभन्दा माथिको लागि प्रतिआना रु एक हजार ५०० तिर्नुपर्ने व्यवस्था रहेको थियो । 

मूल सडकको हिसाबमा प्रतिआना रु एक हजार र एक रोपनीभन्दा बढी जग्गा भएकामा रु २० हजार मात्र तिरे हुने व्यवस्था नगरवासीको लागि गरेको छ । त्यसैगरी, सहायक पिच सडकको लागि प्रतिआना रु ८०० लिने र बाटो प्रमाणित भएको कच्ची बाटोमा रहेको जग्गाको हकमा तीन आनासम्मको लागि रु दुई हजार निर्धारण गरेको छ । 

गोरेटो बाटो प्रमाणित भएको तर बाटो भएको वा नभएको दुवैलाई तीन आनासम्मका लागि रु एक हजार र त्यसभन्दा बढीलाई प्रतिआना रु ८०० लिने गरेकामा अब प्रतिआना रु ३०० र एक रोपनीका लागि बढीमा रु सात हजार लिने निर्णय छ । 

मझौला करदातालाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले आव २०७१/७२ मा तिरेको रकम १५ प्रतिशत बढी कर तिर्नु नपर्ने व्यवस्थासँगै भूकम्पबाट घरजग्गा पूर्ण क्षति भई ‘क’ वर्गको भूकम्पपीडित प्रमाणपत्र लिएकाको हकमा पनि घरजग्गा कर नलिने तर उक्त घर बस्नको लागि योग्य रहेको छ भने उक्त सुविधा नदिने व्यवस्था गरेको छ । 

त्यस्तै, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर र सवारी करको हकमा चालु आवको असोज मसान्त सम्ममा कर तिरेमा लाग्ने शुल्कको रु १० प्रतिशत छुट गरेको राजस्व महाशाखाले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने