९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको मैनारी खोलामा बन्यो पुल, ३ सय परिवार खुसी

१७ श्रावण २०७७, शनिबार ०४:३९

माधव बेल्बासे | साउन १७, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिकाको विकट क्षेत्रको रुपमा रहेको मैनार गाउँमा रहेको मैनारी खोलामा पुल निर्माण भएको छ । संघिय सरकारको आर्थिक बर्ष २०७६/०७७ मा झोलुङ्गे ट्रस निर्माण कार्यक्रम अन्तर्गत रु ३८ लाख ७९ हजार ८ सय रुपैया लागतमा उक्त ट्रस(पूल) निर्माण भएको वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

शुक्रवार पुल उद्धघाट गर्दै मैनारी खोलामा पुल नहुँदा बर्षायाममा आवतजावत गर्न नसकिने अवस्था रहेकाले अब सहज हुने अध्यक्ष सापकोटाले बताउनुभयो । “पहिलो पटक निर्माण गरेको पुल सफल हुन सकेन,यस वर्ष सफल भएका छौ” अध्यक्ष सापकोटाले भन्नुभयो “स्थानियहरुको सहयोगले पुल निर्माण सफल भएको हो,।”

मैनारखोलामा गत वर्ष पुल निर्माण भएको र यस वर्ष चन्द्रौटा देखि मैनार गाउँ सम्मको सडक स्तरउन्नती गरिने सापकोटाले बताउनुभयो । थारु समुदायको बाहुल्यता रहेको मैनार,बुलकिया गाउँमा थारु होमस्टे संचालन गर्ने सकेमा पर्यटनको विकास हुने उहाँले बताउनुभयो ।

पुलको उद्घाटन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले पुल निर्माण पछि वडा नं. ३ अन्तर्गत मैनार र बुलाकीका गाउँका ३ सय बढि  घर परिवार लाभान्वित भएको बताउनुभयो । पुल नहुदाँ विरामी र सुत्केरीलाई समयमा अस्पताल पुर्याउन समस्या रहेकोले अब त्यो समस्याको समाधान भएको उहाँले बताउनुभयो । गाउँवासीलाई वडा कार्यालयमा समेत जान समस्या रहेको बताउदै पुल निर्माण पछि आवतजावतमा सजिलो हुने उपप्रमख चौधरीले बताउनुभयो ।


पुर्व पश्चिम राजमार्ग देखि झण्डै ५ किलोमिटर दुरीमा रहेको उक्त गाउँका नागरिकहरुलाई पुल नहुदा बजार आउन निकै समस्या रहेको स्थानिय आशाराम थारुले बताउनुभयो । सुत्केरी र विद्यार्थीहरुलाई समस्या रहेको थियो थारुले भन्नभयो बर्षाको बेला बजार जान नसक्ने अवस्था थियो ।  पुल बनेपछि मैनार बुलाकीया गाउँका विद्यार्थीहरु खुसी भएका छन । पानी परेको समयमा विद्यालय जान नसक्ने अवस्था अब टरेको भन्दै अबका दिनमा नियमित विद्यालय जान सकिने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल