२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ढलान बाटो निर्माण

२०७७, १८ श्रावण आईतवार ०३:४१

साउन १८, कास्की | गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्कीको रुपा गाउँपालिका वडा नं ६ आँपुखोलामा ३७० मिटर ढलान बाटो निर्माण गरिएको छ ।

बर्षौंदेखि सो क्षेत्रका स्थानीय हिल्लामे र धुल्लामे सडकमा हिँड्न बाध्य भएको हुँदै आएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा सो कार्यक्रमअन्तर्गत सोही क्षेत्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले रु २५ लाख विनियोजन गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले बाटो निर्माणसँगै स्थानीयवासीलाई आत्मनिर्भर हुने गरी कृषि उत्पादन र पशुपालनमा लाग्न आग्रह गर्नुभयो ।  

गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्यलाई आँपुखोलाका जनताको कामले पुष्टि गरेको बताउनुभयो । 

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचनका क्रममा जनतासँग व्यक्त प्रतिबद्धतालाई आत्मसात गरी बाटो निर्माण भएको उल्लेख गर्नुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका प्रमुख इञ्जीनियर किरण आचार्यले आँपुखोलाका जनताले लागत अनुमान गरेकोभन्दा पनि ९० मिटर बढी बाटो बनाएर उदारणीय काम गरेको बताउनुभयो । रुपा वडा नं ६ र ५ लाई जोडने उक्त मोटरबाटो निर्माणसँगै यहाँका सर्वसाधारण लाभान्वित हुने आँपुखोला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष बलराम थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा