साउन ११, मेलम्ची । एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोकको गिरानचौरमा यतिबेला अहोरात्र खटिरहेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, मेलम्ची । एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोकको गिरानचौरमा यतिबेला अहोरात्र खटिरहेका छन् । 

१९ माघ २०८२, आईतवार
अर्थ/विकास

अहोरात्र खटेर बस्ती बनाउँदै धुर्मुस–सुन्तली

११ श्रावण २०७३, मंगलवार ०३:०३

साउन ११, मेलम्ची । एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोकको गिरानचौरमा यतिबेला अहोरात्र खटिरहेका छन् । 

देश विकासको मूल प्रक्रिया भनेको एकीकृत नमुना बस्ती विस्तार भएकाले ‘क्लिन सिटी’ र ‘ग्रिनसिटी’ को अवधारणाअनुरुप भूकम्पपीडितका साथसाथै अपाङ्गमैत्री तथा बालमैत्री र वातावरण मैत्रीसहितको भूकम्पप्रतिरोधात्मक भवन निर्माणकार्य भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । 

गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वय गरी नमुना बस्ती निर्माण कार्य थालनी गरिएको हो । 

मेलम्ची नगरपालिका–८ स्थित विपन्न तथा आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्षरुपमा फाइदा पुग्नेगरी ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ वटा भवन, पाँचवटा चिल्डे«न पार्क र एउटा खेलकुद मैदानसहितको एकीकृत बस्ती निर्माण कार्यमा कलाकार धुर्मुस र सुन्तली लागिपरेका छन् । 

निर्माणको लागि जम्मा रु पाँच करोडको बजेट निर्धारण गरेको भए पनि सुरुमा आफ्नो धुर्मुस सुन्तली फाउन्डेसनको अक्षयकोषमा रु एक लाख ७४ हजार हुँदै गर्दा निर्माण कार्य थालेको कट्टेलले जानकारी दिए । 

देश विदेशमा रहनुभएका नेपाली, विदेशी तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा अहिलेसम्म रु पाँच करोड सङ्कलन भइसकेको छ । असार महिनासम्ममा निर्माण कार्यका लागि चाहिने सिमेन्ट, रड, बालुवा, गिट्टीलगायतका अन्य सामग्री गरी रु ५९ लाख खर्च भइसकेको र साउन महिनाको खर्चको विवरण यसै महिनाको अन्तिममा आउने फाउन्डेसनले जानकारी दिएको छ । 

नमुना बस्ती निर्माणका लगि २०७३ वैशाख १२ गते शिलान्यास गरिएको भएपनि सम्पूर्ण तयारीका साथ बस्ती निर्माण कार्य जेठ ९ गते सुरु भएको र दसँैको घटस्थापनाको दिन हस्तान्तरण हुने गरी निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ । 

निर्माण कार्यका लागि प्रत्येक ६५ घरधुरीका एक जना तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न सङ्घसंस्थाबाट स्वयम्सेवकका रुपमा रहेका गरी जम्मा १०० जनाले दैनिक श्रम गर्ने गरेका छन् भने शनिबारको दिन २०० सम्म पुग्ने गरेका छन् । 

असार साउनको समयमा निकै वर्षा हुने हुँदा ढुवानी गरेर ल्याउने कच्चा पदार्थ सिमेन्टलगायतका वस्तु भिजेर डल्लो पर्ने हुँदा प्रयोग बिनै नष्ट हुने गरेको छ । हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब पाँच किलोमिटरमा माथि रहेको उक्त बस्तीमा पुग्नको लागि सडकको अतिनै दयनिय अवस्था रहेको छ जसका कारण कच्चा पदार्थ लैजान प्रयोग हुने सवारीसाधन जानको लागि निकै कठिनाइ पर्ने गरेको छ । 

उक्त क्षेत्रमा खानेपानीको लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिङ्गो गिरानचौरवासीलाई फाइदा पुग्ने गरी करिब ८०० मिटर गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउनको लागि पाइप बिछ्याउने कार्य भइरहेको छ । 

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले धुर्मुस एकीकृत नमुनाबस्ती निर्माण कार्य सरकारलाई सघाउने अभियान भएको र राम्रो इच्छाशक्ति भएकाले पनि यस निर्माण कार्यमा दरिलो भएर लाग्नुपर्ने बताए । 

उनले डाँडाकाँडा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माण कार्यमा जुट्ने हो भने देश विकासका लागि धेरै समय नलाग्ने र भुइँचालोले यो ठूलो अवसर दिएको कुरा बताए । समाजका र देश निर्माणका लागि केही गरौँ भन्ने हेतुका साथ कलाकार जोडी धुर्मुस–सुन्तली अहोरात्र खटेर बस्ती निर्माणमा जुटेको र यो देशको लागि धेरै ठूलो उदाहरणीय कार्य बनेको मेलम्ची नगरपालिकाका युवा धीरेन गुरुङले जानकारी दिए । 

कलाकारिता क्षेत्रको विषयमा रासससँग कुरा गर्दै सीताराम कट्टेलले आफ्नो कलाकारिता क्षेत्रलाई केही समयको लागि विश्राम गरेको र एकीकृत बस्ती निर्माणपछि पहिलेजस्तै आफ्नो कलाकारिता क्षेत्रमा फर्कने जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार