साउन १९, काठमाडौं । सुनको मूल्यमा सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार तोलामा ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च ९९ हजार ६०० रुपैयाँ पुगेर सोमबार ब्रेक लागेको हो । यस्तै तेजावी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी पनि आइतबारकै मूल्य १२३० मा कारोबार भएको छ ।