साउन १९, काठमाडौं। सोमबार डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार (साउन १९) मा जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर १२० रुपैयाँ रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ६१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ २१ पैसा र बिक्रीदर १५७ रुपैयाँ रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६२ पैसा रहेको छ ।