२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मौरीजस्तै जाँगरिला डिलबहादुर : जसले कमाउँछन् वार्षिक १२ लाख

२०७७, २० श्रावण मंगलवार ०५:०९

खेमराज गौतम । साउन २०, गलकोट । माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् ।

 जिल्लामै सफल मौरीपालक कृषकका रूपमा स्थापित हुनुभएका डिलबहादुरको दुःख र सङ्र्घष भने सामान्य छैन । अझै आफ्नो धरातल बिर्सनुहुन्न र भन्नुहुन्छ, “अहिले सङ्घर्षरत छु, साँच्चिकै सफलता प्राप्त गर्न त अझै बाँकी छ ।”

कुनै समय कृषि पेशा तरकारी र कुखुरापालन गर्दा विफल भएर निराश नभएको पनि होइन तर त्यसबाट गम्भीर पाठ सिक्नुभएका डिलबहादुर अहिले मौरीपालनबाट उत्साहित हुनुहुन्छ । उमेरले ५७ वर्षका डिलबहादुरले विसं २०४५ मा रुखमा रहेका मौरी लिएर परम्परागत घारमा मौरीपालनको शुरुआत गर्नुभएको थियो । एक घारबाट मौरीपालन गर्न शुरु गर्नुभएका खत्रीले अहिले मौरीपालन व्यवसायबाट वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएको बताउनुहुन्छ । 

“कृषिमा धेरै दुःख गरियो, भैँसी पालेँ, खेतीपाती गरेँ, कुखुरा फार्म खोलेँ”, क्षत्रीले भन्नुभयो, “सबैबाट असफलता मात्रै हात लाग्यो, कुखुरा फार्म डुब्यो, मौरीले मात्रै मलाई चिनेजस्तो छ, यसबाट सफलता मिल्यो, सन्तुष्टि मिल्यो ।” मौरीपालन गर्नुअघि पाँच वर्ष कुखुरा फार्म खोलेर कुखुरापालन गर्दै आउनुभएका खत्रीले पाँच वर्षमा आम्दानीभन्दा बढी ऋणको भार बेहोर्नुप¥यो । 

मौरीपालनलाई व्यावसायिक बनाउँदै लैजाने सोचका कारण विसं २०६५ मा बलेवा मौरीपालन उद्योग दर्ता गरी मौरीपालन व्यवसाय अगाडि बढाउनुभयो । उहाँको उद्योगमा मह मात्रै होइन, मह उत्पादनका लागि आवश्यक आधुनिक घार र मौरीसहितको घार उत्पादन तथा बिक्री हुँदै आइरहेको छ । हालसम्म मौरीपालनमा रु ८० लाख लगानी गर्दै आउनुभएका खत्रीसहित दुई छोरा र छ कामदार खटाएर दैनिक मौरीको घारसमेत निर्माण गर्दै आएको बताउनुभयो । 

“दुई छोरा जीवन र जनकले फार्ममा घार उत्पादनमा सघाउँदै आएका छन् । जेठो विदेश र कान्छो छोरा अध्ययनमै छ”, उहाँले भन्नुभयो, “कृषि कर्ममा भएको असफलताबाट हिम्मत हारिन, अहिले मौरीपालनबाट सफलता मिलेको छ ।” वर्षमा पाँच हजार केजी मह उत्पादन गर्दै आएको फार्मबाट वार्षिक ८०० मौरीका घारसमेत बिक्री हुँदै आएको छ । खत्रीका अनुसार गत वर्ष मात्रै ७०० मौरीका घार थोकमा रु दुई हजार ८०० र खुद्रा रु तीन हजार ५०० सम्ममा बिक्री गरेको उहाँको भनाइ छ ।  

मौरीपालन उद्योगमा उत्पादन गरेको प्राङ्गारिक मह प्रतिकेजी रु एक हजारमा बिक्री गर्दै आउनुभएका खत्रीको उद्योगमा ३०० मौरीका घार बिक्रीका लागि तयारी अवस्थामा छन् । स्थानीय काठको प्रयोग गर्दै बनाइएको मौरीको घर पाँचदेखि १० वर्ष टिकाउ हुने खत्रीको दाबी छ । उहाँले मौरीसहितको घारलाई भने रु नौ हजारमा बिक्री गर्दै आउनुभएको छ । 

उत्पादन भएको मह बिक्रीका लागि बजार जानुपर्ने अवस्था नरहेकाले उपभोक्ता घरमै मह खरिद गर्न पुग्ने गरेका छन् । मौरीको घार पहिले जिल्ला कृषि विकास कार्यालयले खरिद गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएकामा अहिले स्थानीय तहले खरिद गर्दै आएको उहाँको भनाइ छ । बलेवा क्षेत्रमा उपयुक्त चरन क्षेत्र भएका कारण एकै घारबाट वर्षमा चारपटक मह निकाल्न सकिने उहाँको अनुभव छ । “चरन क्षेत्र उपयुक्त भएको स्थानमा असोज, कात्तिक, फागुन र जेठमा मह निकाल्न सकिन्छ” खत्रीले भन्नुभयो “गाउँको हावापानीमा हुर्केका मौरीबाट प्राङ्गारिक मह उत्पादन हुन्छ, यसलाई आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो