८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मौरीजस्तै जाँगरिला डिलबहादुर : जसले कमाउँछन् वार्षिक १२ लाख

२० श्रावण २०७७, मंगलवार ०५:०९

खेमराज गौतम । साउन २०, गलकोट । माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् ।

 जिल्लामै सफल मौरीपालक कृषकका रूपमा स्थापित हुनुभएका डिलबहादुरको दुःख र सङ्र्घष भने सामान्य छैन । अझै आफ्नो धरातल बिर्सनुहुन्न र भन्नुहुन्छ, “अहिले सङ्घर्षरत छु, साँच्चिकै सफलता प्राप्त गर्न त अझै बाँकी छ ।”

कुनै समय कृषि पेशा तरकारी र कुखुरापालन गर्दा विफल भएर निराश नभएको पनि होइन तर त्यसबाट गम्भीर पाठ सिक्नुभएका डिलबहादुर अहिले मौरीपालनबाट उत्साहित हुनुहुन्छ । उमेरले ५७ वर्षका डिलबहादुरले विसं २०४५ मा रुखमा रहेका मौरी लिएर परम्परागत घारमा मौरीपालनको शुरुआत गर्नुभएको थियो । एक घारबाट मौरीपालन गर्न शुरु गर्नुभएका खत्रीले अहिले मौरीपालन व्यवसायबाट वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएको बताउनुहुन्छ । 

“कृषिमा धेरै दुःख गरियो, भैँसी पालेँ, खेतीपाती गरेँ, कुखुरा फार्म खोलेँ”, क्षत्रीले भन्नुभयो, “सबैबाट असफलता मात्रै हात लाग्यो, कुखुरा फार्म डुब्यो, मौरीले मात्रै मलाई चिनेजस्तो छ, यसबाट सफलता मिल्यो, सन्तुष्टि मिल्यो ।” मौरीपालन गर्नुअघि पाँच वर्ष कुखुरा फार्म खोलेर कुखुरापालन गर्दै आउनुभएका खत्रीले पाँच वर्षमा आम्दानीभन्दा बढी ऋणको भार बेहोर्नुप¥यो । 

मौरीपालनलाई व्यावसायिक बनाउँदै लैजाने सोचका कारण विसं २०६५ मा बलेवा मौरीपालन उद्योग दर्ता गरी मौरीपालन व्यवसाय अगाडि बढाउनुभयो । उहाँको उद्योगमा मह मात्रै होइन, मह उत्पादनका लागि आवश्यक आधुनिक घार र मौरीसहितको घार उत्पादन तथा बिक्री हुँदै आइरहेको छ । हालसम्म मौरीपालनमा रु ८० लाख लगानी गर्दै आउनुभएका खत्रीसहित दुई छोरा र छ कामदार खटाएर दैनिक मौरीको घारसमेत निर्माण गर्दै आएको बताउनुभयो । 

“दुई छोरा जीवन र जनकले फार्ममा घार उत्पादनमा सघाउँदै आएका छन् । जेठो विदेश र कान्छो छोरा अध्ययनमै छ”, उहाँले भन्नुभयो, “कृषि कर्ममा भएको असफलताबाट हिम्मत हारिन, अहिले मौरीपालनबाट सफलता मिलेको छ ।” वर्षमा पाँच हजार केजी मह उत्पादन गर्दै आएको फार्मबाट वार्षिक ८०० मौरीका घारसमेत बिक्री हुँदै आएको छ । खत्रीका अनुसार गत वर्ष मात्रै ७०० मौरीका घार थोकमा रु दुई हजार ८०० र खुद्रा रु तीन हजार ५०० सम्ममा बिक्री गरेको उहाँको भनाइ छ ।  

मौरीपालन उद्योगमा उत्पादन गरेको प्राङ्गारिक मह प्रतिकेजी रु एक हजारमा बिक्री गर्दै आउनुभएका खत्रीको उद्योगमा ३०० मौरीका घार बिक्रीका लागि तयारी अवस्थामा छन् । स्थानीय काठको प्रयोग गर्दै बनाइएको मौरीको घर पाँचदेखि १० वर्ष टिकाउ हुने खत्रीको दाबी छ । उहाँले मौरीसहितको घारलाई भने रु नौ हजारमा बिक्री गर्दै आउनुभएको छ । 

उत्पादन भएको मह बिक्रीका लागि बजार जानुपर्ने अवस्था नरहेकाले उपभोक्ता घरमै मह खरिद गर्न पुग्ने गरेका छन् । मौरीको घार पहिले जिल्ला कृषि विकास कार्यालयले खरिद गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएकामा अहिले स्थानीय तहले खरिद गर्दै आएको उहाँको भनाइ छ । बलेवा क्षेत्रमा उपयुक्त चरन क्षेत्र भएका कारण एकै घारबाट वर्षमा चारपटक मह निकाल्न सकिने उहाँको अनुभव छ । “चरन क्षेत्र उपयुक्त भएको स्थानमा असोज, कात्तिक, फागुन र जेठमा मह निकाल्न सकिन्छ” खत्रीले भन्नुभयो “गाउँको हावापानीमा हुर्केका मौरीबाट प्राङ्गारिक मह उत्पादन हुन्छ, यसलाई आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध