२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत् महसुलवापत रु २१ करोड सङ्कलन

२०७७, २० श्रावण मंगलवार ०५:१४

साउन २०, नवलपुर । नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् महसुलवापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । 

प्रशाखा प्रमुख सुजन रिजालका अनुसार कूल दुई करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत् बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो । कार्यालयले बिक्री गरेको विद्युत्मध्ये घरायसी ग्राहकतर्फ एक करोड तीन लाख ६९ हजार ४५१ युनिट विद्युत् बिक्रीबाट रु नौ करोड २४ लाख ६४ हजार आम्दानी गरेको रिजालले बताउनुभयो । कार्यालयले असार महिनामा मात्रै विद्युत् महसुलवापत रु दुई करोड ६५ लाख ३९ हजार ८३ सङ्कलन गरेको छ ।

गैँडाकोटमा बर्सेनि नयाँ ग्राहक थपिने क्रम बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै गैँडाकोटका नौ वडामा गरी ५३३ नयाँ ग्राहक थपिएका कार्यालय प्रमुख रिजालले बताउनुभयो । प्रशाखासँग अहिले १० हजारभन्दा बढी ग्राहक रहेको भन्दै आफूहरुको कार्यालयलाई प्रशाखाबाट स्तरोन्नति गरी शाखा बनाउने तयारी भइरहेको रिजालले बताउनुभयो । 

गैँडाकोट नगरपालिकाका १८ वटै वडाको विद्युत् महसुल गैँडाकोटमा बुझाउनुपर्ने गरी शाखा बनाउने उहाँले बताउनुभयो । हाल गैँडाकोटका वडा नं १० देखि १८ सम्मको विद्युत् महसुल कावासोती वितरण केन्द्रमा बुझाइँदै आएको छ । कार्यालय स्थापनादेखि अन्य पूर्वाधार निर्माणका लागि पर्याप्त जग्गा अभावका कारण गैँडाकोट प्रशाखालाई शाखामा स्तरोन्नति गर्न समस्या परेको रिजालको भनाइ छ ।

 नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा ३६३ ग्राहकको विद्युत् लाइन काटेको छ । तीन महिनाभन्दा बढी समयको विद्युत् महसुल भुक्तानी नगर्ने तथा रु पाँच हजारभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका ग्राहकको विद्युत् लाइन काटिएको कार्यालय प्रमुख रिजालले जानकारी दिनुभयो । विद्युत् लाइन काटिएका ग्राहकबाट रु ४७ लाख ६० हजार बराबरको रकम उठाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७६/७७ मा गैँडाकोट प्रशाखाको कार्यक्षेत्रभित्र २० जनाले विद्युत् चोरेर प्रयोग गरेकाले उनीहरुलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । उनीहरूबाट रु एक लाख ५० हजार जरिवाना सङ्कलन गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो