२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अवरुद्ध सडक र पुल सञ्चालनमा ल्याउने तयारी

२०७७, २० श्रावण मंगलवार १२:२५

साउन २०, काठमाडौँ । सरकारले बाढीपहिरोका कारण अवरुद्ध पुल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सडक विभागले पुरिएका सडक र पुलमा रहेका अवरोध हटाउने तथा पुल नै बगाएका स्थानमा बेलिब्रिज राखेर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । 

असार र साउन महिनाको नियमित वर्षाका कारण देशभरका चार रणनीतिक सडकमा पुल अवरुद्ध भएका थिए । वर्षाका कारण बेनी–जोमसोम–कोरोला सडकको एउटा पुल बग्दा त्यहाँ बेलिब्रिज राख्ने काम भइरहेको छ । पुल बग्दा सो सडक लामो समयसम्म अवरुद्ध रहेको थियो । सडकमा रहेको अवरोध हटाउँदा पनि पुल नबन्दा सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेको हो । 

असार २५ देखि अवरुद्ध रहेको अरनिको राजमार्गको एउटा सडक पुलमा रहेको अवरोध हटाउने काम भइरहेको विभागका पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताउनुभयो । अरनिको राजमार्गको झ्यालेको पुल बगाएको र खग्दोल खोलामा पहिरो आएर क्षति भएको डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ । उहाँले भन्नुभयो, “हामीले सकेसम्म चाँडो पुलमा रहेको अवरोध हटाएर सुचारु गरिरहेका छौँ ।”

पृथ्वी राजमार्गअन्तर्गत मौवा खोलामा माथिबाट आएको पहिरोका कारण सडक झण्डै एक सातासम्म अवरुद्ध थियो । अहिले त्यहाँस्थित डिभिजन सडक कार्यालयले पुल सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै, साँफेबगर–मार्तडी सडक पनि पहिरोका कारण अवरुद्ध रहेकामा उपकरण लगेर हटाइरहेको उहाँले बताउनुभयो । पहिरो हटाएको स्थानमा वर्षा रोकिनासाथ एकातर्फी रुपमा सडक खुलाइएको सडक सम्भार महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडककै कारण आवतजावत रोकिएका स्थानमा हामीले पहिले एकातर्फी खुलाएर विस्तारै अर्कोतर्फ खुलाएका पनि छौँ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो