१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अवरुद्ध कर्णाली राजमार्ग खुला

२१ श्रावण २०७७, बुधबार ०५:४६

साउन २१, जुम्ला । अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार  साउन १३ गते  खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो । उहाँले भन्नुभयो, “पानी परेका अवस्थामा अझै पनि कालीकोट सडकखण्डको टाकुल्ला खोलामा पुल नभएकाले र खल्लाघाटको माथिल्लो पुलमा समस्या आउने देखिन्छ ।” 

कर्णाली राजमार्गको कालीकोट सडकखण्डका दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालिगाड, भैँसीगौंडा, टिमुरेभिड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायत करीब ५० स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । खाँडाचक्र नगरपालिका–६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटकपटक दुःख भोग्नुपरेको गुनासो गर्नुभयो ।

ग्याबिन जाली पर्खाल निर्माण

जुम्लामा यसपटक लामो वर्षापछि आएको बाढीपहिराले ठूलो क्षति गरेको छैन । देशभर बाढीपहिरो बितण्डा मच्चाइरहेका अवस्थामा जुम्लामा कुनै घटना नभएपछि सुरक्षित महसुस गरिएको हो । यस्तै बाढीपहिराको जोखिम ध्यानमा राखी हिमा गाउँपालिका–७  कुडुगाउँमा १९० मिटर ग्याबिन जाली भर्ने काम गरिएको छ । अनुकूलन कोष, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम(डब्ल्युएफपी)को रु २५ लाख ८७ हजार ७९० सहयोगमा पहिरो रोक्नका लागि ग्याबिन जाली भर्ने काम गरिएको हो ।

गाउँबस्तीदेखि माथि सिँचाइ नहर भएकाले पानी चुहिने र वर्षाका समयमा पहिरो जाने सम्भावना देखिएकाले गाउँपालिकाको समन्वयमा ग्याबिन जाली भर्ने काम भएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले बताउनुभयो । त्यसैगरी पुरोना सिँचाइ नगरबाट पानी चुहिने भएकोले रु नौ लाख १६ हजार ३३१ मा १८८ मिटर नहरको पनि पुनःनिर्माण गरिएको छ ।

कोष, वन मन्त्रालय र डब्ल्युएफपीको सहयोग तथा साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाद्वारा सञ्चालित खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकूलन परियोजनाअन्तर्गत रु ४१ लख ९९ हजार ५५२ मा नहर पुनःनिर्माण र ग्याबिन जाली भर्ने काम भएको हो । यसै बजेटभित्र रु एक लाख नौ हजार ६७८ मा हातेऔजार खरीद, रु ५९ हजार ५०० व्यवस्थापन खर्च र रु पाँच लाख २६ हजार २५२ बजेट बराबर समुदायको श्रमदान पनि रहेको जनाइएको छ ।

यसबाट ७८ घरधुरीका ४९५ जनसङ्ख्या लाभान्वित भएको हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस परियोजनाबाट स्थानीयवासी पनि बाढीपहिराबाट सुरक्षित भएको छ, सिँचाइबाटअन्नबाली उत्पादन वृद्धि हुने भएको छ ।” छिमेकी जिल्ला कालीकोटमा बाढीपहिराले धनजनको क्षति भइरहेका अवस्थामा जुम्लामा यही साउनको तेस्रो सातासम्म त्यस्तो कुनै पनि घटना नभएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिराका कारण कुनै घटना भएका खण्डमा तत्काल उद्धार तथा राहतका सामग्री जिल्ला विपद् व्यवस्थापन समितिले तयारी गरेको छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने