२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२२ दिनपछि सदरमुकाममा खानेपानी पुनःसञ्चालन

२०७७, २१ श्रावण बुधबार ०६:४०

साउन २१, दमौली । गत असार २९ गतेको पहिराले खानेपानीको पाइप क्षति पुगेपछि अवरुद्ध भएको यहाँको खानेपानी २२ दिनपछि पूर्ण रुपमा सञ्चालन भएको छ । व्यास नगरपालिका–४ स्थित बैरेनीमार्गमा पहिराले पाइप क्षति पुगेपछि दमौलीमा खानेपानीको हाहाकार भएको थियो ।

पहिराले जिआइ पाइप बगाएको ठाउँमा ढलान गरिएपछि मङ्गलबार साँझदेखि खानेपानी वितरण गरिएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक अमर गिरीले जानकारी दिनुभयो । “पहिराले ४२ इन्चको जिआइ पाइपमा क्षति पुगेको थियो, उक्त स्थानमा गाह्रो लगाएर ढलान गरेपश्चात् खानेपानी पुनःसञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “मङ्गलबार साँझबाटै पानी छाड्यौँ, आज बिहानदेखि पूर्णरुपमा खानेपानी वितरण भएको छ ।”

पहिराले पाइपमा क्षति पुगेपछि समितिले दैनिक बिहान एक घण्टा मात्रै पानी वितरण गर्दै आएको थियो । तनहुँ सदरमुकामस्थित व्यास नगरपालिका वडा नं २, ३ र ४ मा समितिले खानेपानी वितरण गर्दैै आएको छ । “तीन वडामा दैनिक ३० लाख लिटर खानेपानीको आपूर्ति भइरहेको थियो, पहिराले पाइप क्षति पुगेपछि भने दैनिक १० लाख लिटर मात्रै पानी वितरण गरेका थियौँ”, उहाँले भन्नुभयो, “अब समस्या आएन भने दैनिक ३० लाख लिटर नै पानी वितरण हुनेछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा