१८ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मजदूरको ज्याला रु १०० बढ्यो : न्यूनतम रु ९०० पाउने

२२ श्रावण २०७७, बिहीबार ०४:५७

प्रकाश अधिकारी । साउन २२, कर्णाली । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो ।

समितिले निर्धारण गरेको दररेटअनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला रु १०० बढेको छ । आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको हो । निजी तथा गैरसरकारी सङ्घ–संस्थामा दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक पनि बढेको छ । अब डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा रु १०० बढेको छ । यसअघि दैनिक रु ८०० पाउने मजदूरले अबदेखि रु ९०० पारिश्रमिक पाउनेछन् ।

निर्धारित दररेटअनुसार अब ज्यामीको दैनिक रु ६००, पलम्बरको रु ६८८, सिनियर पलम्बरको रु ७००, इलेक्ट्रिसियन हेल्परको रु ६००, इलेक्ट्रिसियनको रु ७००, निर्माण सामग्री परीक्षण गर्ने ल्याब असिस्टेन्सको रु ६४० र टेक्निसियनको रु ७४५ तोकिएको छ । त्यस्तै, हलुका ड्राइभरको हकमा रु ६६०, हेभी ड्राइभरको हकमा रु ७३०, हेभि इक्विप्मेन्ट अप्रेटरको रु ८२०, ड्राइभर सहयोगीको रु ६००, नगर निरीक्षकअर्थात कार्यालय सहयोगी सरहलाई रु ६००, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचीकार, सर्भे हेल्पर र मालीको रु ६०० दैनिक ज्याला निर्धारण गरिएको छ । 

मजदूरको हकमा २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने समितिले निर्णय गरेको छ । अबदेखि मजदूरले २६ दिनमात्रै काम गरे पनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले नेपाल सरकारको आर्थिक ऐनअनुसार सरकारी क्षेत्रका काम गर्ने मजदूर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको बताउनुभयो । “समितिले निर्धारण गरेको दररेटअनुसारै कारोवार हुनेछ”, उहाँले भन्नुभयो, “आफूखुशी बजार मूल्य तोक्ने र मजदूरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानूनबमोजिम कारवाही गरिनेछ ।”

मूल्य निर्धारण समितिले विद्युतीयलगायतको केही सामग्रीको मूल्य निर्धारण गर्न भने सकेको छैन । विद्यूतीय पोल ट्रकबाट ढुवानी र विद्युत्सम्बन्धी सम्पूर्ण निर्माण सामग्रीको मूल्य बाँकेमा स्वीकृत दररेट तथा ढुवानीअनुसार कायम हुने व्यवस्था गरिएको छ । हालसम्म जिल्लामा स्वीकृत दररेटमा समावेश नभएको जनाउँदै उक्त सामग्रीको हकमा बाँकेमा लागू गरिएको मूल्यसूची सुर्खेतमा लागू गर्नुपरेको हो । मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै यथावत राखेको छ । इँटाको मूल्य भने यसपालि रु ५०० बढाइएको छ । 

श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकियो

मूल्य निर्धारण समितिले बहुमूल्य जडीबुटी श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकेको छ । जसअनुसार प्रतिकेजी श्रीखण्डको रु तीन हजार, रक्तचन्दनको रु दुई हजार, कपुरको दुई हजार ५००, तेजपत्ताको रु एक हजार तथा लप्सी, टिमूर र बकाइनोको रु ३००÷३०० तोकिएको छ । रुद्राक्ष प्रतिगोटाको रु २००, सर्पगन्धको रु ५०० तोकिएको छ । त्यस्तै, बिरुवाका लागि दाँते ओखर प्रतिगोटाको रु २५, उन्नत जातको चिली प्रतिगोटाको रु १०० निर्धारण गरिएको जिप्रकाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ लिँदालिदै पक्राउ परेका वडाध्यक्षविरुद्ध ५७ वर्ष कैद माग्दै दुईवटा कसुरमा मुद्दा दर्ता ‘लाज शरणम्’मा बालेनको गीत गौशालामा मृत भेटिएकी सुस्मिताको प्रेमीले हत्या गरेकाे प्रहरीकाे ठहर स्वर्णलक्ष्मी ठगी प्रकरण– रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय गैरजिम्मेवार भएर प्रदेशले संशोधन गरेको कानुनका कारण महानगरपालिकाको आय घटेको छ, यो नीतिगत भ्रष्टाचार हो : प्रमुख शाह बालगायक सचिन परियारको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि विवाह बन्धनमा बाँधिए गायक चर्चित भारतीय गायक अरमान मलिक भीम रावललाई कारबाही गरिएको प्रसंगमा कर्ण थापाले भने : पार्टीमा बहस बन्द गर्नु स्वीकार्य हुँदैन बैतडीमा २४ वर्षीया महिला बलात्कृत, श्रीमान् भारत हुँदा गर्भ बसेपछि बाहिरियो घटना अब विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कनमा नम्बर पाउने एचपीभी खोप लगाउन किन जरुरी छ? यसको कुनै साइड-इफेक्ट हुन्छ? साउदीमा ६ इरानीलाई फाँसी के भएको थियो सचिन परियारलाई ? शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री जागिर छाड्छु भन्न नसकेर कर्मचारीले काटे आफ्नै चार औँला गौशालास्थित होटलमा युवतीको मृत्यु: होटेलबाट ‘केहीबेरमा आउँछु’ भनि निस्केका थिए सँगै बसेका युवक गौशालास्थित होटलमा मृत भेटिएकी युवतीको हत्या भएको आशंका सामाजिक सञ्जालमा भाइरल बालक सचिन परियारको निधन मबाट अलग गराएपछि रवि कमजोर हुन्छन् भन्ने बुझेकाहरूले नराम्रोसँग खेल खेले : मुकुल ढकाल सवारी दुर्घटनामा चार जनाको मृत्यु