२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालकै लामो झोलुङ्गे पुल सञ्चालनमा नआउँदै त्रुटि, मर्मत शुरु

२०७७, २३ श्रावण शुक्रबार ०५:०६

लक्ष्मीप्रसाद सापकोटा । साउन २३, पर्वत । पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ । थोरै सङ्ख्यामा पदयात्री हुँदा पनि अत्यधिक  हल्लिएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाइ) थप्न थालेको छ ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङको अदुवावारी र बागलुङ नगरपालिका–१ बाङ्गेचौर जोड्ने ५६७ मिटर लामो पुल गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरिएसँगै पुल हल्लिएको गुनासो बढ्न थालेपछि तार थप्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि खुला गरिएसँगै पुल हेर्नकै लागि भए पनि दैनिक भीड लाग्ने गरेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ र अग्ला र लामा पुलका लागि परिचित पर्वत जोड्न निर्माण गरिएको नेपालकै लामो पुल अवलोकन गर्नका लागि पुगेका विष्णु आचार्यले अन्य पुलभन्दा यो पुल अत्यधिक हल्लिएकाले तर्ने क्रममा डर लागेको बताउनुभयो । 

करिब १३० मिटर अग्लो झोलुङ्गे पुल हल्लिएको गुनासो सर्वसाधारणबाट आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको दुवैपट्टि छेउछेउमा थप तार (टाइ) थप्ने काम शुरू गरेको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो । उहाँले पुल नेपालकै लामो रहेको र यो नमूना परियोजना भएकाले थप मजबुत बनाउन अहिले तार बाँध्ने ब्लक निर्माणमा जुटेको बताउनुभयो । शुक्रबार (आज) र शनिबार (भोलि) पुल बन्द गरेर टाई कस्ने काम गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

थानी–बीएलटी–हिमशिखर जेभी निर्माण कम्पनीले सम्झौता मिति भन्दा तीन महिना अगाडि नै निर्माण सम्पन्न गरेको थियो । विसं २०७५ चैतबाट निर्माण शुरू गरेको कम्पनीले सम्झौता अवधि २०७७ असार मसान्तसम्म रहे पनि गत वैशाखमै पुल निर्माण सम्पन्न गरेको थियो । पुल बलियो बनाएपछि मात्र स्थानीय तहलाई पुल हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ । 

पुल बनेपछि एक घण्टा बढीको पैदलयात्राबाट पुगिने बागलुङबजार जान पाङका बासिन्दालाई अब १० मिनेटमै पुग्न सकिने भएको छ । पुलले एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता धान्न सक्छ । पुलको निर्माणसँगै पाङवासीलाई खाद्यान्न खरिदका लागि र तरकारीलगायत घरेलु वस्तु बिक्रीका लागि बजार आउनजान सहज हुने भएको छ भने पुल हेर्न र अवलोकन गर्नका लागि दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउन थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा