२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३५० फर्म खारेज

२०७७, २३ श्रावण शुक्रबार ०६:४६

साउन २३, गोदावरी । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले ३५० वटा फर्मलाई खारेज गरेको छ । व्यापार व्यवसाय सञ्चालन गर्नका लागि मात्र दर्ता गरिएको तर  विभिन्न कारणले व्यापार व्यवसाय सञ्चालन गर्न नसकेकाले कैलाली र कञ्चनपुरका ३५० फर्मलाई गत आर्थिक वर्ष २०७६/०७७ मा खारेज गरिएको कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षमा कैलाली कञ्चनपुरमा गरिएको अनुगमनका क्रममा २३ व्यवसायीलाई तत्काल जरिवाना गरिएको कार्यालय प्रमुख कमलबहादुर पुन मगरले बताउनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा रु चार लाख ८५ हजार ६०० बराबरको म्याद सकिएका, लेबल टाँस नगरिएका अखाद्य वस्तु नष्ट गरिएको छ । 

कार्यालयले नियमित बजार अनुगमन गर्नुपर्ने भए पनि आवश्यक जनशक्ति र साधनस्रोत अभावका कारण सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक पहाडी जिल्लामा अनुगमन गर्न नसकिएको जनाएको छ । आव २०७६/०७७ मा एक हजार ३४१ निजी र २६ वटा साझेदारी फर्म दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो आर्थिक वर्षमा संशोधन (नामसारी, ठाउँसारी) अन्तर्गत एक हजार १०४ र दुई हजार १८८ वटा फर्म नवीकरण भएका थिए । कार्यालयले उक्त आवमा रु एक करोड ८७ लाख २४ हजार ९५ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नियमित बजार अनुगमन नहुँदा व्यवसायीले मनपरी मूल्यसूची राख्ने गर्नुका साथै उपभोक्तालाई अखाद्य वस्तु बिक्री गर्नेजस्ता कार्य बढ्दै गइरहेको जनाइएको छ । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो