९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलालीमा बाढीले तीन हजार हेक्टर धानखेती नष्ट

२३ श्रावण २०७७, शुक्रबार ०७:४८

साउन २३, टीकापुर । कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ ।

भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँको ढाइ बिघा जमिनमा रोपिएको धानखेती नष्ट भएको हो । बाढीले सबै धानखेती नष्ट भएकाले उहाँको परिवारमा खाद्य सङ्कट आउने गुनासो गर्दै उहाँले भन्नुभयो, “यही खेतीको भरमा परिवारको पेट भरिन्छ, अब सबै नष्ट भयो । खेतमा धान रोपिएको थियो थिएन पत्तै छैन नहुने अवस्था आयो ।”

गोडचौराका धनराज तिमिल्सिनाको पनि एक बिघा जमिन धानखेती पूर्णरुपमा नष्ट भएको छ । “यस वर्ष डेढ बिघा क्षेत्रफलमा धान रोपेका थियौँ । दश कट्ठामा अलिअलि धान बचेको छ । बाँकी सबै नष्ट भयो”, तिमिल्सिनाले भन्नुभयो, “घर कसरी चलाउने, गुजारा कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।” भजनी–३ शत्रुधन चौधरीको पाँच कट्ठा क्षेत्रफल धान खेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँले यस वर्ष सात कट्ठा जमिनमा धानखेती गर्नुभएको थियो । बाढीले खेती नष्ट हुँदा उहाँ पनि चिन्तामा हुनुहुन्छ । “यति खेतमा फलेको धानले खान पुग्थ्यो, बाँकी घर खर्च ज्यालादारी गरेर चलाउँथे”, चौधरीले भन्नुभयो, “अब परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ता बढेको छ ।”

उहाँजस्तै भजनी नगरपालिका क्षेत्रमा सयौँ किसानका करिब तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफल धानखेती नष्ट भएको कृषि शाखा भजनीका प्रमुख कमल चौधरीले जानकारी दिनुभयो । “बाढी डुबान क्षेत्रमा हप्तासम्म पानी जमेर रहेकाले अधिकांश किसानको धान गलेर नष्ट भएको हो”, कृषि शाखा प्रमुख चौधरीले भन्नुभयो, “कतिपय किसानको खेत पटान र कटानमा परेको छ । अधिकांश खेती पानी जमेर सडेको छ ।”

बाढीको डुबानले धानखेती नष्ट भएकाको लगत लिने कार्य आजदेखि सञ्चालन हुने र क्षतिको विवरणका आधारमा नगरपालिकाले राहत सहयोग गर्ने उहाँले बताउनुभयो । बाढीका कारण यता टीकापुर नगरपालिका ३, ६, ७ र ९ मा दर्जनौँ बिघा धानखेती नष्ट भएको छ । बाढीपछि नदी कटान बढेपछि टीकापुर–८ श्रीलङ्कामा नदी कटान तीव्र भएको छ । टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले कर्णाली नदीले दर्जनौँ बिघा धानखेती कटान गरेको बताउनुभयो । “नगरपालिकाले बाढीबाट कृषितर्फ भएको क्षतिको विवरण सङ्कलन थालेको छ”, ठकुल्लाले भन्नुभयो, “विपद् व्यवस्थापन समितिले निर्णय गरेर राहतका कार्यक्रम ल्याउँछौँ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो