९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुद्ध एयरद्वारा ७ शहरको एकतर्फी भाडादर सार्वजनिक, कहाँको कति ?

२३ श्रावण २०७७, शुक्रबार ०८:४९

साउन २३, काठमाडौं । निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले ७ मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ। बुद्ध एयरले विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर, जनकपुर र धनगढीको भाडादर सार्वजनिक गरेको हो । 

बुद्ध एयरले विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपागञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि सुरुवाती एकतर्फी भाडा ५४ सय रुपैयाँ तोकेको छ।

कम्पनीले आन्तरिक उडान पनि अत्यावश्यक पर्ने भन्दै सर्वसाधारणहरु सडकमार्गबाट महंगोमा काठमाडौं आउजाउ गर्नुपरिरहेकोले उडान खोल्नुपर्ने बताएको छ। त्यसका लागि कोभिड १९ विरुद्ध आफ्नै सुरक्षा निर्देशिका समेत बनाएर पूर्वाभ्यास समेत गरिरहेको छ।

‘हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाइ, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ । संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौँ’, कम्पनीले भनेको छ, ‘यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको छौँ। विदेशमा पनि यसैगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भइसकेको छ।’

हवाइ यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाएको बुद्धले सोहीअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरेको जनाएको छ। यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने कम्पनीको भनाइ छ।

सरकारले आगामी भदौ १ देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान नियमित रुपमा खोल्ने निर्णय यस अघि नै गरिसकेको छ तर कोरोना महामारीको जोखिम बढ्दै गएपछि नियमित उडान शुरु हुने कि नहुने अन्योलता कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो