२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुद्ध एयरद्वारा ७ शहरको एकतर्फी भाडादर सार्वजनिक, कहाँको कति ?

२०७७, २३ श्रावण शुक्रबार ०८:४९

साउन २३, काठमाडौं । निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले ७ मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ। बुद्ध एयरले विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर, जनकपुर र धनगढीको भाडादर सार्वजनिक गरेको हो । 

बुद्ध एयरले विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपागञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि सुरुवाती एकतर्फी भाडा ५४ सय रुपैयाँ तोकेको छ।

कम्पनीले आन्तरिक उडान पनि अत्यावश्यक पर्ने भन्दै सर्वसाधारणहरु सडकमार्गबाट महंगोमा काठमाडौं आउजाउ गर्नुपरिरहेकोले उडान खोल्नुपर्ने बताएको छ। त्यसका लागि कोभिड १९ विरुद्ध आफ्नै सुरक्षा निर्देशिका समेत बनाएर पूर्वाभ्यास समेत गरिरहेको छ।

‘हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाइ, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ । संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौँ’, कम्पनीले भनेको छ, ‘यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको छौँ। विदेशमा पनि यसैगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भइसकेको छ।’

हवाइ यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाएको बुद्धले सोहीअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरेको जनाएको छ। यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने कम्पनीको भनाइ छ।

सरकारले आगामी भदौ १ देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान नियमित रुपमा खोल्ने निर्णय यस अघि नै गरिसकेको छ तर कोरोना महामारीको जोखिम बढ्दै गएपछि नियमित उडान शुरु हुने कि नहुने अन्योलता कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो