९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भाँगावनमा खानेपानी ट्याङ्की निर्माण

२५ श्रावण २०७७, आईतवार ०४:४६

साउन २५, ललितपुर । गोदावरी नगरपालिका वडा नं १० स्थित भाँगावनमा १५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरिएकोे छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ५ को सहयोगमा उक्त ट्याङ्की निर्माण सम्पन्न भएको हो ।

ट्याङ्की निर्माण र वितरणका लागि हालसम्म रु नौ लाख ४० हजार खर्च भएको भाँगावन पर्यटन विकास समितिका अध्यक्ष रामप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “भाँगावनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर हनुमानको मूर्ति प्रतिस्थापन, उद्यान र वनभोजस्थल निर्माण गर्ने उद्देश्यका साथ हामीले टाहाखेलदेखि सिँढी निर्माणको काम धमाधम गरिरहेका छाँै ।” गत आर्थिक वर्षमा वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालबाट विनियोजित रु ३० लाखले हालसम्म आधा बाटो सिँढी निर्माणको काम सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो ।

“ट्याङ्कीको पानी हाल भने वरिपरि भइरहेको विकास निर्माणका कामका प्रयोग गर्नुका साथै नजिकै रहेका सुकुम्वासी बस्ती र वडा नं ६ फौडोलका जनतालाई समेत वितरण गर्ने भएका छौं ”, उहाँले भन्नुभयो, “कान्ति राजपथबाट भाँगावनको शिरमा पुग्न ८७५ मिटर उचाइ पार गर्नुपर्छ ।” सो स्थललाई रमणीय र हराभरा बनाउन दाताको सहयोगमा १८ देखि २० वटा कुर्ची र ट्रष्ट हाल्ने काम पनि छिट्टै शुरु गरिने छ ।

ललितपुर क्षेत्र नं १ (ख) प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले शनिबार उक्त  ट्याङ्कीको शुभारम्भ गर्दै गोदावरी विकासमा यी विभिन्न योजनाले निकै सहयोग पु¥याउने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रमा धार्मिक, पर्यटनका साथै कृषि क्षेत्र विकासका लागि हामी दिनरात खटेको छौँ ।” वडा नं १० का वडाध्यक्ष दर्शनकुमार विष्टले अरुले औँला ठड्याउन नसक्ने गरी उपभोक्ता समितिले काम गरेकोमा खुशी व्यक्त गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो