४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हावाहुरीबाट मकैका बोट सोत्तर

२५ श्रावण २०७७, आईतवार ०४:४९

रवीन्द्र काफ्ले । साउन २५, पाँचथर । तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा  क्षति पुगेको छ ।  यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन् ।

हावाहुरीबाट फालेलुङको वडा नं ३, ४, ५ र ६ को ठूलो क्षेत्र तथा वडा नं २ र ७ का केही स्थानमा लगाइएको मकैमा क्षति पुगेको हो । गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार गत २१ गते आएको हावाहुरीले सबैभन्दा वढी क्षति पुर्याएको हो । “तीन दिन निरन्तर हावा चल्दा कलिलो मकै केही बाँकी राखेन”, उहाँले भन्नुभयो, “मकैका बोट कि भाँचिएका छन् कि त सोत्तर भएर लडेका छन् ।” हावाहुरीले फालेलुङ–४ का महभिर, गैरीगाउँ, भैँसे, चेम्फुवा, खुर्बुक, चित्रे, फोक्टे, लाफे, तालखर्कलगायत टोल तथा वडा नं ५ का खेदोक, लुहुदिनलगायत टोलमा लगाइएको मकैखेतीमा अत्यधिक क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले प्राविधिक र सुरक्षाकर्मीसमेत लिएर अनुगमन थालेको उहाँले बताउनुभयो ।

हावाहुरीबाट अत्यधिक क्षति पुगेको फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनका अनुसार जुँगा च्याप्ने तथा घोगो लगाउने अवस्थाका मकै भाचिँदा ठूलो क्षति पुगेको हो । यहाँको उच्च पहाडी क्षेत्रमा असोज, कात्तिक महिनामा मात्रै मकै पाक्दछ । “सधैँ पनि हावाहुरीले सामान्य क्षति पुर्याउँथ्यो”, उहाँले भन्नुभयो, “यस वर्ष निरन्तर वर्षा भयो । वर्षा रोकिनासाथ तीन दिनसम्म हावाहुरी चल्दा मकै भाचिँएर, लडेर कामै नलाग्ने अवस्थामा पुग्यो ।” ती वडामा मात्रै झण्डै ४०० परिवारको मकैखेतीमा क्षति पुगेको जनाइएको छ ।

“सबैभन्दा लेकमा बढी क्षति भएको छ । वडा नं ४, ५ र ६ मा बढी क्षति पुगेको छ”, वडाध्यक्ष सावदेनले भन्नुभयो, “हामीले क्षतिको यथार्थ विवरण सङ्कलन गरिरहेका छौँ ।” गाउँपालिकाभरिमा करिब एक हजार २०० परिवारको मकैखेतीमा हावाहुरीले क्षति पुर्याएको अनुमान गरिएको उहाँको भनाइ छ । उच्च पहाडी क्षेत्रमा खाद्य बालीमध्ये आलुपछि मकै जीविकोपार्जनको मुख्य स्रोत हो । तर फल्न लागेको मकै हावाहुरीले सखाप पारेपछि किसान निराश बनेका छन् । “केही न केही राहत दिनुपर्यो भन्ने किसानको माग छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको स्रोतले मात्रै राहत दिन सकिने अवस्था छैन ।”

गाउँपालिका अध्यक्ष केरुङ किसानले राहत माग्न थालेको बताउनुहुन्छ । “लेकमा न धान, कोदो फल्छ न अरु अन्न बाली नै”, उहाँले भन्नुभयो, “भएको मकैमा पनि क्षति पुगेपछि किसानलाई समस्या पर्ने नै भयो ।” हावाहुरीबाट मकैखेतीमा पुगेको क्षतिको विवरण सङ्कलनको काम जारी रहेको जनाउँदै गाउँपालिका अध्यक्ष केरुङले राहतका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने जानकारी दिनुभयो । उच्च पहाडी क्षेत्रमा माघ तथा फागुन महिनामा मकै रोप्ने गरिन्छ भने उक्त मकै असोज र कात्तिकमा मात्रै पाक्दछ । यहाँ ग्रामीण क्षेत्रमा मकै अत्यधिक खपत हुने गर्दछ । स्थानीयस्तरमा उत्पादित मकै खानाका साथै स्थानीय मदिरा उत्पादनमा समेत प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय व्यावसायिक पशुपालन गर्ने किसानले पशुको आहाराको रूपमा समेत मकैको प्रयोग बढाउँदै लगेका छन् । हावाहुरीले मकैखेतीमा ठूलो क्षति पुर्याएपछि फालेलुङ गाउँपालिकाको उच्च पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ