२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढीपहिरो रोकथामका लागि पूर्वतयारी

२०७७, २५ श्रावण आईतवार ०७:४०

साउन २५, नवलपरासी । प्रदेश नं ५ अन्तर्गत १२ वटै जिल्लामा सम्भावित बाढीपहिराको जोखिमलाई आङ्कलन गरी सम्भावित बचावट तथा रोकथामका लागि पूर्वआवश्यक तयारी गरिएको छ  । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास महाशाखाका अनुसार विशेषगरी पहाडी जिल्लाहरुसहित सबै जिल्लामा बाढीपहिराबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी गरिएको हो ।

सार्वजनिक सम्पत्ति, व्यक्तिगत घर, बाटो, पुलपुलेसाको संरक्षणका लागि १२ वटै डिभिजन कार्यालयमा आपत्कालीन बचावटका सामग्री तयारी अवस्थामा राखिएको जलस्रोत तथा ऊर्जा विकास महाशाखाका धुव्रराज पौडेलले जानकारी दिनुभयो  । बाढीपहिरो आउन सक्ने सम्भावित जिल्लामा मन्त्रालयअन्तर्गत रहेका सबै डिभिजन कार्यालयमा तारजाली, ढुङ्गा, प्लास्टिकका बोरा, नाइलन जालीलगायत आपत्कालीन बचावटका सामग्री राखिएको छ । महाशाखाका अनुसार हालसम्म बाढीपहिराका कारण विभिन्न जिल्लामा भएको क्षतिको विवरणसमेत सङ्कलन गरिएको छ । बाढीपहिराका दृष्टिले प्रदेश नं ५ का पहाडी जिल्ला जोखिममा मानिन्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा