९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढीपहिरो रोकथामका लागि पूर्वतयारी

२५ श्रावण २०७७, आईतवार ०७:४०

साउन २५, नवलपरासी । प्रदेश नं ५ अन्तर्गत १२ वटै जिल्लामा सम्भावित बाढीपहिराको जोखिमलाई आङ्कलन गरी सम्भावित बचावट तथा रोकथामका लागि पूर्वआवश्यक तयारी गरिएको छ  । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास महाशाखाका अनुसार विशेषगरी पहाडी जिल्लाहरुसहित सबै जिल्लामा बाढीपहिराबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी गरिएको हो ।

सार्वजनिक सम्पत्ति, व्यक्तिगत घर, बाटो, पुलपुलेसाको संरक्षणका लागि १२ वटै डिभिजन कार्यालयमा आपत्कालीन बचावटका सामग्री तयारी अवस्थामा राखिएको जलस्रोत तथा ऊर्जा विकास महाशाखाका धुव्रराज पौडेलले जानकारी दिनुभयो  । बाढीपहिरो आउन सक्ने सम्भावित जिल्लामा मन्त्रालयअन्तर्गत रहेका सबै डिभिजन कार्यालयमा तारजाली, ढुङ्गा, प्लास्टिकका बोरा, नाइलन जालीलगायत आपत्कालीन बचावटका सामग्री राखिएको छ । महाशाखाका अनुसार हालसम्म बाढीपहिराका कारण विभिन्न जिल्लामा भएको क्षतिको विवरणसमेत सङ्कलन गरिएको छ । बाढीपहिराका दृष्टिले प्रदेश नं ५ का पहाडी जिल्ला जोखिममा मानिन्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो