२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भदौ १ देखि घरबास सञ्चालनमा

२५ श्रावण २०७७, आईतवार ०७:५४

साउन २५,नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्वमा रहेका घरबास आगाममी भदौ १ गतेदेखि मात्रै खुल्ने भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को त्रासका कारण बन्द गरिएका यहाँका घरबास आवश्यक सावधानीसहित भदौदेखि मात्रै खुल्ने भएका हुन् ।

करीब चार महिनाको बन्दाबन्दीपछि यही साउन १५ गतेदेखि होटल खुला भइसकेका अवस्थामा जिल्लामा सञ्चालित घरबाससमेत खोल्ने तयारी गरिएको होमस्टे एसोसिएसन नेपालका केन्द्रीय महासचिव एवम् अमलटारी मध्यवर्ती सामुदायिक ग्रामीण होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताउनुभयो । लामो समयदेखि ठप्प पर्यटकीय गतिविधिलाई घरबास सञ्चालनमा ल्याएपछि पुनः चलायमान बनाउन मद्दत गर्ने मर्दनियाको भनाइ छ ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकादेखि विनयी त्रिवेणी गाउँपालिकासम्म नारायणी नदी किनारमा मात्रै ११ सामुदायिक घरबास दर्ता भएर सञ्चालनमा छन् । घरबास स्वरोजगार हुने माध्यम भएकाले थप परिमार्जन गर्दै सञ्चालन गर्न तयारी भइरहेको होमस्टे एसोसिएसन नवलपुरका अध्यक्ष रिमबहादुर आलेले बताउनुभयो । साउन १५ पछि केही घरबास खुला गरिए पनि पर्यटकको चहलपहल नहुँदा बाँकी सबै  भदौ १ देखि मात्रै खोल्ने तयारी गरिएको आलेको भनाइ छ ।

देवचुली नगरपालिका–१७ को पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष जनकबहादुर महतोले अझै पनि समुदायमा कोरोनाको त्रास कायमै रहेकाले घरबास खोले पनि पर्यटक नआउने हुन् कि भन्ने चिन्ता लागेको बताउनुभयो । यहाँका घरबासमा आउने अधिकांश पर्यटक सामुदायिक वनमा हात्ती सफारी, जीप सफारी तथा पदयात्राका लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित यहाँका घरबासमा आउने पर्यटकले विश्वकै दुर्लभ एकसिङ्गे गैँडा सजिलै अवलोकन गर्न पाउने अमलटारी होमस्टेका अध्यक्ष मर्दनियाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण