९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गण्डकी प्रदेश सरकारद्वारा किसानको वर्गीकरण गर्ने

२५ श्रावण २०७७, आईतवार ०७:५६

साउन २५ दमौली। गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरणको तयारी शुरु गरेको छ । कृषि क्षेत्रको विकास र वास्तविक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरण गर्न लागेको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका कृषकलाई अनुदान वितरण गर्न आज आयोजित कार्यक्रममा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि पेशामा आबद्ध रहँदै आएका किसानको वर्गीकरणका लागि प्रदेश सरकारले काम शुरु गर्न लागेको जानकारी दिनुभयो ।

भूमि नभएका श्रमजीवी किसान, साना किसान, मध्यम किसान, ठूला किसान र उद्यमी किसानलाई छुट्टाछुट्टै रुपमा वर्गीकरण गरिने मन्त्री थापाले जानकारी दिनुभयो । “रु चार÷लाख लगानी गर्न सक्नेलाई साना किसान, रु १० लाखसम्म लगानी गर्न सक्नेलाई मध्यम किसान, रु ५० लाखसम्म लगानी गर्न सक्नेलाई ठूला किसान तथा सोभन्दा बढी लगानी गरी रोजगारी दिन सक्नेलाई उद्यमी किसानका रुपमा वर्गीकरण गर्छौं”, मन्त्री थापाले भन्नुभयो ।

प्रदेश सरकारले कृषकलाई केन्द्रमा राखेर कार्यक्रम बनाएकाले कृषि क्षेत्रमा लगानीको अभाव नहुने मन्त्री थापाले बताउनुभयो । “किसानलाई अब लगानीको अभाव हुन्न, कृषकलाई अनुदान, सरल व्याजमा ऋण प्रवाह गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध छ, हरेक बैंकले पनि १५ प्रतिशत अनिवार्य लगानी कृषि क्षेत्रमा गर्नुपर्ने प्रावधान छ”, उहाँले भन्नुभयो ।

शिक्षित व्यक्ति पनि कृषि पेशामा आउनु खुशीको कुरा भएको उल्लेख गर्दै मन्त्री थापाले कृषि क्षेत्रमा सम्भावना रहेको उल्लेख गर्नुभयो । कृषिमा उत्पादन वृद्धि गरी लागत घटाउन सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कोभिड–१९ बाट रोजगारी गुमाएकालाई कृषिमा रोजगारी दिन प्रदेश सरकारले रु १८ करोड बजेट विनियोजन गरेको मन्त्री थापाले जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले दूधमा अनुदान दिने व्यवस्थाले पशुपालनमा कृषकको आकर्षण बढेकाले उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको बताउनुभयो । दूधमा अनुदान वितरण गर्नका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको थियो भने उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको थापाले जानकारी दिनुभयो ।

याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष छविलाल घिमिरेले सहकारीमा दूध बिक्री गर्ने कृषकलाई रु १० लाख २९ हजार वितरण गरिएको जानकारी दिनुभयो । उक्त सहकारीमा ११५ शेयर सदस्य र १५ गैह्रसदस्यले दैनिक दूध बिक्री गर्ने गरेका छन् । गत वर्ष दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन हुने गरेकामा यो वर्ष दैनिक तीन हजार ६०० लिटर दूध मात्रै सङ्कलन भएको थियो । गाउँपालिकाले यसअगाडि वडा नं १ स्थित सूर्योदय दूग्ध उत्पादक सहकारीमा आबद्ध कृषकलाई रु एक लाख १७ हजार ५०० वितरण गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो