२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गण्डकी प्रदेश सरकारद्वारा किसानको वर्गीकरण गर्ने

२०७७, २५ श्रावण आईतवार ०७:५६

साउन २५ दमौली। गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरणको तयारी शुरु गरेको छ । कृषि क्षेत्रको विकास र वास्तविक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरण गर्न लागेको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका कृषकलाई अनुदान वितरण गर्न आज आयोजित कार्यक्रममा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि पेशामा आबद्ध रहँदै आएका किसानको वर्गीकरणका लागि प्रदेश सरकारले काम शुरु गर्न लागेको जानकारी दिनुभयो ।

भूमि नभएका श्रमजीवी किसान, साना किसान, मध्यम किसान, ठूला किसान र उद्यमी किसानलाई छुट्टाछुट्टै रुपमा वर्गीकरण गरिने मन्त्री थापाले जानकारी दिनुभयो । “रु चार÷लाख लगानी गर्न सक्नेलाई साना किसान, रु १० लाखसम्म लगानी गर्न सक्नेलाई मध्यम किसान, रु ५० लाखसम्म लगानी गर्न सक्नेलाई ठूला किसान तथा सोभन्दा बढी लगानी गरी रोजगारी दिन सक्नेलाई उद्यमी किसानका रुपमा वर्गीकरण गर्छौं”, मन्त्री थापाले भन्नुभयो ।

प्रदेश सरकारले कृषकलाई केन्द्रमा राखेर कार्यक्रम बनाएकाले कृषि क्षेत्रमा लगानीको अभाव नहुने मन्त्री थापाले बताउनुभयो । “किसानलाई अब लगानीको अभाव हुन्न, कृषकलाई अनुदान, सरल व्याजमा ऋण प्रवाह गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध छ, हरेक बैंकले पनि १५ प्रतिशत अनिवार्य लगानी कृषि क्षेत्रमा गर्नुपर्ने प्रावधान छ”, उहाँले भन्नुभयो ।

शिक्षित व्यक्ति पनि कृषि पेशामा आउनु खुशीको कुरा भएको उल्लेख गर्दै मन्त्री थापाले कृषि क्षेत्रमा सम्भावना रहेको उल्लेख गर्नुभयो । कृषिमा उत्पादन वृद्धि गरी लागत घटाउन सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कोभिड–१९ बाट रोजगारी गुमाएकालाई कृषिमा रोजगारी दिन प्रदेश सरकारले रु १८ करोड बजेट विनियोजन गरेको मन्त्री थापाले जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले दूधमा अनुदान दिने व्यवस्थाले पशुपालनमा कृषकको आकर्षण बढेकाले उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको बताउनुभयो । दूधमा अनुदान वितरण गर्नका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको थियो भने उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको थापाले जानकारी दिनुभयो ।

याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष छविलाल घिमिरेले सहकारीमा दूध बिक्री गर्ने कृषकलाई रु १० लाख २९ हजार वितरण गरिएको जानकारी दिनुभयो । उक्त सहकारीमा ११५ शेयर सदस्य र १५ गैह्रसदस्यले दैनिक दूध बिक्री गर्ने गरेका छन् । गत वर्ष दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन हुने गरेकामा यो वर्ष दैनिक तीन हजार ६०० लिटर दूध मात्रै सङ्कलन भएको थियो । गाउँपालिकाले यसअगाडि वडा नं १ स्थित सूर्योदय दूग्ध उत्पादक सहकारीमा आबद्ध कृषकलाई रु एक लाख १७ हजार ५०० वितरण गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो