२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रादेशिक इन्धन भण्डारण आयोजना अघि बढेन

२०७७, २६ श्रावण सोमबार ०८:२०

साउन २६, कर्णाली । नेपाल आयल निगमको प्रादेशिक इन्धन भण्डारण आयोजना निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन् । 

सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीमा इन्धन भण्डारण गृह निर्माण गर्ने योजनाले प्राथमिकता पाए पनि उपयुक्त जग्गा अभावले तीन वर्षदेखि प्रक्रिया शुरु हुन नसकेको हो । 

निगमले गत वर्ष सुर्खेतको वीरेन्द्रनगर–११ स्थित नेपाल ट्रस्टको नाममा रहेको २० बिघा जग्गामा इन्धन भण्डारण गृह बनाउने योजना अघि सारेको थियो । निगमका प्रादेशिक कार्यालय प्रमुख दीपक घिमिरले उक्त जग्गा बस्तीदेखि टाढा भए पनि समथर नभएको, नदी किनारमा भएको, भूक्षय तथा पहिराको खतरा रहेकाले विकल्पको खोजी भइरहेको बताउनुभयो । “मुख्य कुरा जग्गाको टुङ्गो लाग्न सकेको छैन्, कम्तीमा १० देखि बढीमा २० बिघासम्म जग्गा चाहिन्छ”, उहाँले भन्नुभयो, “निगमले भविष्यमा नेपालगञ्ज समेतलाई आपूर्ति व्यवस्था मिलाउने गरी छिन्चु आसपासमा जग्गाको खोजी गरिरहेको छ ।” 

सरकारले तीन वर्षअघि सबै प्रदेशमा कम्तीमा तीन महिनासम्म पुग्ने इन्धन भण्डारण गृह निर्माण गर्ने नीति ल्याएको थियो । कर्णालीमा डिजेल, पेट्रोलको भण्डार नभएका इन्धन आपूर्तिमा पटकपटक अभाव हुने गरेको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा इन्धनको माग कम छ । यहाँ हाल दैनिक दुई लाख ४० हजार लिटर डिजेल र ५० हजार लिटर पेट्रोलको खपत छ । प्रदेशभर १३ वटामात्र पेट्रोल पम्प छन् । 

२०५२ सालदेखि सञ्चालनमा आएको आयल निगमको सुर्खेत डिपोमा हाल ४५ हजार लिटर मट्टीतेल र ६० हजार लिटर हवाई इन्धनमात्र अट्ने क्षमता छ । वार्षिक झण्डै तीन लाख लिटर मट्टीतेल बिक्री हुँदै आएको छ भने हवाई इन्धन सात दिनमात्र पुग्ने गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो