२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा कोरोनापछि यो वर्ष दुई लाख पर्यटकको आगमन हुने अनुमान

२०७७, २७ श्रावण मंगलवार ०९:१५

सिबी अधिकारी । साउन २७, काठमाडौँ । कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै रु दुई अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७७/७८ का लागि करीब रु ८२ करोडको बजेट विनियोजन गरेको छ ।

बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले अध्ययन/अनुसन्धान, ‘डिजिटल मार्केटिङ’ र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर चालू आवको बजेट पारित गरेको हो । कोभिड–१९ महामारीका कारण पर्याप्त स्रोतको अभावमा यसपटकको बजेट घट्न गएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेलाई मुस्किलले रु ८२ करोड विनियोजन गरिएको छ । यसका लागि पनि स्रोत जुट्न हम्मे पर्ने देखिन्छ, कोभिड महामारीको परिस्थिति हेरेर पछि नयाँ कार्यक्रम पनि समावेश हुन सक्छन् ।”

प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले यस पटकको बजेटमा अध्ययन, अनुसन्धान र डिजिटल मार्केटिङलाई दृष्टिगत गरी बजेट विनियोजन गरिएको बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा केन्द्रित बोर्डको गत आवकोे बजेट रु एक अर्ब ६३ करोड थियो । कोभिड–१९ महामारीका कारण पर्यटक आवागमन ठप्प भई आम्दानीको स्रोतको अभावमा बोर्डको बजेटमा भारी कटौती भएको छ । 

विदेशी पर्यटक आगमनबाट हुने आम्दानी नै बोर्डको मुख्य आर्थिक स्रोत रहेको छ । कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट ह्वात्तै घटाइएको बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पूर्वाधार विकासमा बजेट छुट्याएको छैन । नेपालको छोटो दूरीका मुख्य पर्यटकीय स्रोत बजार भारत र चीनमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतमा राखेर बजेट ल्याइएको छ । पर्यटन प्रवद्र्धनमा सबैलाई सँगसँगै समन्वयका साथ अघि बढाउन डिजिटल मार्केटिङको अवधारणालाई प्राथमिकता दिइएको प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले जानकारी दिनुभयो ।

उहाँले बजेट छोटो तर धेरै उपलब्धि हासिल गर्ने योजनाका साथ ल्याइएकाले बोर्डका अघिल्ला बजेटभन्दा यस पटकको बजेट निकै प्रगतिशील भएको दाबी गर्नुभयो । यस पटकको बजेटले आन्तरिक पर्यटन प्रवद्र्धनलाई पनि विशेष जोड दिएकाले कोभिडपछिको पर्यटनलाई रिभाइवमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

बोर्डले गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको चार महिनाको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रले रु ३७ अर्ब गुमाएको छ । यस क्षेत्रमा आबद्ध लाखौँ मजदूर तथा कर्मचारीले रोजगारी गुमाउनु परेको छ । पर्यटकीय गतिविधि सम्पूर्ण बन्द भएको तथा बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले आगामी वर्षको बजेटको आकार सानो भएको बोर्डका सञ्चालक समिति सदस्य तथा बजेट समितिका संयोजक अवधेशकुमार दासले बताउनुभयो । 

बोर्डको प्रमुख आर्थिक स्रोत ट्रेकिङमा जाने पर्यटकबाट उठ्ने रकम तथा पर्यटकबाट लिइने टुरिज्म सर्भिस फी (टिएसएफ) बाट आउने रकम हो । अहिले पर्यटक आगमन बन्द हुँदा यी दुवै आय प्रभावित भएका छन् । स्रोत नै नभएको अवस्थामा मितव्ययी भई बजेट निर्माण गरिएको संयोजक दासले बताउनुभयो । पर्यटन बोर्डले कोरोनापछि सन् २०२० मा करीब दुई लाख पर्यटक आगमन हुने अपेक्षासहित करीब रु २४ करोड त्यसबाट आम्दानी हुने प्रक्षेपण गरेको छ । 

यस्तै बोर्ड र ट्रेकिंङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संयुक्त खातामा रहेको पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापतको रु १५ करोड, नेपाल भ्रमण वर्षका लागि मन्त्रालयबाट प्राप्त हुने रु छ करोड एअर एसियाबाट प्राप्त हुनुपर्ने रु पाँच करोड, युएनडिपीबाट प्राप्त हुने करीब डेढ करोड रुपैयाँ र अन्य सञ्चित कोषको रकमबाट बजेट निर्माण गरिएको बोर्ड सदस्य दासले बताउनुभयो ।

बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिड–१९ पछिको पर्यटन पुनरोत्थानका लागि तीन विषय गन्तव्य सुरक्षित छन् भनेर सन्देश प्रवाह गर्न, पर्यटकीय सेवामा प्रोत्साहनका कार्यक्रम र नेपाल केका लागि आकर्षण भन्ने स्टोरी क्रियसन गरी प्रवद्र्धन गर्ने गरी बजेटको कार्यान्वयन गरिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले कोरोनाका कारण पर्यटन क्षेत्रमा ठूलो लगानी जोखिममा रहेकाले सम्भावित जोखिम कम गर्दै छिटो पर्यटन पुनरोत्थानका लागि रणनीतिक योजनाका साथ अघि बढ्न जरुरी भएको बताउनुभयो । कोरोनाका कारण बोर्डको आम्दानी प्रभावित भएकाले थोरै बजेटबाट नगरी नहुने कामबाहेक अन्य सबै कार्यक्रमको बजेट कटौती गरिएको बोर्डले जनाएको छ । 

यस्तै बिबिसी, सिएनएन जस्ता विदेशी मिडियामा प्रचारप्रसारका लागि बोर्डले बजेट व्यवस्था गरेको छ । कोरोनाका कारण पहिले जस्तो प्रवद्र्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले प्रविधिको प्रयोग गरी पर्यटन प्रवद्र्धन गरिनेछ । पर्यटनबाट रोजगारी गुमाएका केहीका लागि अल्पकालीन रोजगारी सिर्जना गर्नेलगायत कार्यक्रम बजेटले समेटेको छ । यसका लागि टिम्सअन्तर्गतको कल्याणकारी कोषको करीब रु दुई करोड रकमबाट पर्यटन, श्रमिकलाई व्याज अनुदान दिइने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल तथा अनलाइन प्रचारप्रसार जस्ता कार्य गरिने जनाइएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा