२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाउरा राख्ने ट्रष्टको भवन हस्तान्तरण

२०७७, २८ श्रावण बुधबार ०८:२६

साउन २८, भक्तपुर । सूर्यविनायक नगरपालिका—४ स्थित धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको दक्षिण बाराही मन्दिर परिसरमा दाह संस्कारका लागि दाउरा राख्ने ट्रष्टकोे भवनको निर्माण सम्पन्न भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद कोष) र नगरपालिकाको साझेदारी कार्यक्रमअन्तर्गत रु १० लाखको लागतमा सो भवन निर्माण भएको हो । पूर्वमन्त्री एंव प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आज दक्षिण बाराही मन्दिर परिसर सुधार एवम् व्यवस्थापन समितिलाई सो भवन हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता तुल्याउन भक्तपुरको विकास मुलुककै लागि नमूना र प्रेरणादायी बनेको बताउनुभयो । 

जनप्रतिनिधि निर्वाचित भएसँगै भक्तपुरको विकासले काँचुली फेरेको उल्लेख गर्दै उहाँले भक्तपुरमा मठमन्दिर, परातात्विक सम्पदा, कला, संस्कृति, सडक, ढल, शिक्षा, स्वास्थ्य, हरियाली, पार्क, हनुमन्ते कोरिडोरलगायतका साना तथा ठूला आयोजनाहरु तीव्रगतिका साथ अघि बढिरहेको बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहनुभएका सांसद बस्नेतले जनताको आवश्यकता र चाहना अनुरुप भक्तपुरको विकास भएको उल्लेख गर्दै यहाँका जनप्रतिनिधिको सक्रियता, जनताको साथ र सहयोगकै कारण विकासले फड्को मारेको बताउनुभयो । प्रदेश सरकारको रु ७० लाखको बजेटमा पार्क बनेको, खानेपानीको आयोजना बन्ने क्रममा रहेको, हनुमन्ते कोरिडोर बन्ने क्रममा रहेको चर्चा गर्दै उहाँले जिल्लामा २१ वटा सम्पदाहरुको निर्माण भइरहेको र केहीको सकिएको बताउनुभयो । यस आर्थिक वर्षमा मध्यपुर नगरपालिका क्षेत्र भित्रका आठ वटा मन्दिरको निर्माण तथा पुनः निर्माणको लागि बजेटको व्यवस्थापन भएको जानकारी दिनुभयो । 

वाग्मती प्रदेश सभा सदस्य शशिजङ्ग थापाले भक्तपुर ऐतिहासिक एवं पुरातात्विक सम्पदाले भरिएकाले यसको संरक्षण गरी भावी पुस्तामा हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष उत्तम थापा, समितिका अध्यक्ष कृष्णलाल घजुँ लगायतले यहाँको ऐतिहासिक एवं पुरातात्विक सम्पदालाई जीवित राख्नुपर्नेबारे बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो