२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालकलाई स्वास्थ्य प्रोटोकल प्रशिक्षण

२०७७, २८ श्रावण बुधबार ०८:२८

साउन २८, पोखरा । कोभिड –१९ जोखिमका  समयमा पनि सञ्चालनको तयारीमा जुटेका टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालकलाई नेपाल टुर एण्ड ट्राभल्स एसोसिएशन (नाट्टा) गण्डकीले स्वास्थ्य सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण दिएको छ । नाट्टा गण्डकीको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सञ्चालित तालीमलाई तीन चरणमा विभाजन गरेर १२० जनालाई सहभागी गराइएको संस्थाका महासचिव कमला गिरीले जानकारी दिनुभयो ।

बन्दाबन्दी खुलेसँगै सञ्चालनको तयारीमा जुटेका सञ्चालकलाई नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलसम्बन्धी विधि र प्रक्रियाका बारेमा जानकारी दिन तालीमको आयोजना गरिएको संयोजक एवं सचिव सङ्गीता पौडेलले जानकारी दिनुभयो । प्रशिक्षणमा सम्बन्धित क्षेत्रका व्यवसायीलाई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्मा र विश्व स्वास्थ्य सङ्गठनका गण्डकी प्रदेशका प्रतिनिधि डा राजीव लालचनले स्वास्थ्य सचेतनासम्बन्धी प्र्रशिक्षण दिनुभएको थियो  भने पर्यटन व्यवसायी समिर बरालले  कोभिड– १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावका बारेमा प्रस्तुति राख्नुभएको थियो ।  

संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले पर्यटन क्षेत्रसम्बद्ध टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालक र कर्मचारीलाई प्रदान गरिएको स्वास्थ्य प्रोटोकलसम्बन्धी सचेतनाले कोरोनाको जोखिम न्यूनीकरणमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँका अनुसार हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् ।  त्यस्तै ट्राभल्स एजेन्सीमा एक हजार १२ तथा यातायाततर्फ ६५३ जनाले रोजगारी प्राप्त गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा