९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइपीओमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? भदौ ३ देखि आउंदैछन् यी तीन कम्पनीको आइपिओ

२९ श्रावण २०७७, बिहीबार ०५:३५

साउन २९, काठमाडौं । भदौको पहिलो साता ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्न लागेका छन् । लिवर्टी इनर्जी कम्पनी, समाज लघुवित्त वित्त संस्था र  रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ पहिलो साता आईपीओमा जारी गर्न लागेका हुन् ।

लिवर्टी इनर्जी कम्पनीको सेयर भदौ ३ गतेदेखि र समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर भदौ ४ देखि सर्वसाधारण लगानीकर्ताको लागि खुल्दैछ । लिवर्टी इनर्जी कम्पनीको आईपीओमा भदौ ३ देखि ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिने सकिने छ । 

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ताका लागि आइपीओ खुला गर्न लागेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्काशन गरिएकोबाट बाँकी रहेको १३ लाख १४ हजार ९३० कित्ता समेतसहित ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधरणका लागि जारी गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछ ।

कम्पनीलाई क्रेडिट रेडिट रेडिङ एजेन्सी इक्रा नेपालले ग्रेड ४ रेटिङ पाएको दिएको छ । आइपीओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

यस्तै समाज लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) मा लगानीकर्ताले भदौ ४ देखि ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने छ ।

संस्थाले ८६ लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँका दरले ८६ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । ८६ हजार कित्तामध्ये कर्मचारीको लागि १ हजार कित्ता, सामूहिक लगानी कोषका लागि ४ हजार ३ सय कित्ता सेयर छुट्याइएको छ भने सर्वसाधारणले ८० हजार ७ सय कित्ताका लागि मात्रै आवेदन दिन सक्नेछन् । न्यूनतम १० देखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

संस्थाको आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र त्यसको शाखा कार्यालय तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । संस्थाको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । संस्थाको आईपीओलाई कियर रेटिङ नेपालले कियर एनपी बी प्लस रेटिङ दिएको छ ।

यस्तै जीवन बीमा कम्पनीतर्फ रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पनि लगानीकर्ताले भदौ ४ देखि ८ गतेसम्म आवेदन दिन सक्नेछ । इन्स्यारेन्सको प्रतिकित्ता १ सय रुपैयाँका दरले ६३ करोड रुपैयाँको ६३ लाख कित्ता सेयर सेयर आउन लागेको हो ।

इन्स्यारेन्सको ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ भने ५६ लाख ७० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको आइपीओमा न्यूनतम १० देखि ६३ हजार कित्तासम्म आवेदन दिन सकिनेछन् । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । इन्स्योरेन्सको आईपीओमा लगानीर्ताहरुले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था, त्यसको शाखा कार्यालय र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सकिनेछ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो