२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नबिल बैंकको नाफा १५.८३ प्रतिशतले घट्यो, वितरण योग्य नाफामा भारी गिरावट

२०७७, २९ श्रावण बिहीबार ०६:०५

साउन २९, काठमाडौं । नविल बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरणमा गत वर्षकोभन्दा १५.८३ प्रतिशत (६७ करोड रुपैयाँ)  नाफा घटेको हो । बैंकले ३ अर्ब ५६ करोड रुपैयाँमा कमाउन सफल भएको  छ । अघिल्लो आवमा बैंकको नाफा ४ अर्ब २३ करोड रुपैयाँ थियो ।

बैंकको वितरण योग्य नाफा ६९ करोड रुपैयाँले १८.४९ प्रतिशतले गिरावट आएको छ । आब २०७५।७६ मा ३ अर्ब ७३ करोड रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको बैंकले गत आवमा भने जम्मा ३ अर्ब ४ करोड मात्रै  कमाउन सफल भएको छ । 

नविलको स्प्रेड दर ३.७३ प्रतिशत रहेको छ । त्यस्तै  आधार ब्याजदर ७.३२ प्रतिशत छ । कस्ट अफ फण्ड ५।४९ प्रतिशत रहेको बैंकको सीडी रेसियो ६८।०८ प्रतिशत छ । नविलको प्रति सेयर आम्दानी ३७.२४ रुपैयाँ रहेको छ । 

बैंकले गत आवमा एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यो अवधीमा १६ अर्ब ४९ करोड ब्याज आम्दानी गरेर ९ अर्ब ४७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ७ अर्ब २ करोड कायम गराउन सफल भएको देखिन्छ । १० अर्ब ९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब  ६६ करोड रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा