९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भीमफेदी–कुलेखानी सुरुङ मार्ग र पुष्पलाल चक्रपथ निर्माण प्रक्रिया शुरु

३० श्रावण २०७७, शुक्रबार ०८:३७

साउन ३०, मकवानपुर । वाग्मती प्रदेशको उपत्यकाको तीनसहित १० जिल्ला जोड्ने पुष्पलाल चक्रपथको निर्माण र विस्तार तथा पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माणका लागि केही हप्ताभित्रै टेण्डर आह्वान गर्ने तयारी भइरहेको वाग्मती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षभित्रै पुष्पलाल चक्रपथ र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजन गरिसकेको जनाएको छ । मकवानपुर जिल्लाको सिमाना र बारा जिल्लाको सिमानामा पर्ने चुरियामाईमा वीरगञ्जबाट हेटौँडातर्फ राणाकालीन अवस्थामा यातायात सञ्चालनमा रहेको १०३ वर्षे पुरानो ३०० मिटर सुरुङलाई सञ्चालनमा ल्याउन पनि प्रदेश सरकारले यस वर्षका लागि बजेट विनियोजन गरिएको र विनियोजित बजेटअनुसार उक्त सुरुङमार्ग केही महिनाभित्रै सञ्चालनमा ल्याउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका अधिकृत हरिप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।   

भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यले आर्थिक मामिला तथा योजना मन्त्रालयले रु १९ अर्ब ३२ करोड ५० लाख बजेट विनियोजन गर्ने सहमति दिएको भए पनि प्रदेश सरकारले चालु आवमा रु एक अर्ब बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विपिन राईले बताउनुभएको छ ।   

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रियाको थालनी गर्न प्रदेश सरकारले सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समन्वय र सहकार्य गरेर केही हप्ताभित्रै निर्माणका लागि टेण्डर आह्वान गर्न गृहकार्यका साथै सम्बन्धित मन्त्रालयको मन्त्री तथा सचिवसँग परामर्श भइरहेको वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले राससलाई जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो