साउन ३२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार (साउन ३२) मा जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ९९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ २१ पैसा र बिक्रीदर १५७ रुपैयाँ रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५१ पैसा र बिक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ७७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १७ रुपैयाँ १० पैसा र बिक्रीदर ३१८ रुपैयाँ ६९ पैसा रहेको छ ।