२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार सय पाडापाडी/बाच्छाबाच्छी हुर्काउन अनुदान

२०७७, ३२ श्रावण आईतवार ०६:४७

साउन ३२, तनहुँ । भेटेरेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले उन्नत जातका भैँसीका पाडापाडी र गाईका बाच्छाबाच्छी हुर्काउनका लागि अनुदान प्रदान गर्न लागेको छ । भैँसीमा मुर्रा र गाईमा होलस्टेन, जर्सीलगायतका उन्नत जातका पाडापाडी÷बाच्छाबाच्छी गरी ४०० वटालाई हुर्काउन अनुदानका लागि रकम विनियोजन गरिएको सो केन्द्रले जनाएको छ ।

जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि कृषकले अनुदान पाउने व्यवस्था गरिएको छ । कृषकलाई एउटा हुर्काउँदा रु १० हजारका दरले ४०० वटालाई अनुदान दिन लागिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम सञ्चालनसँगै प्रक्रिया अघि बढाइएको हो ।

चालु आर्थिक वर्षदेखि संरक्षण गर्ने कृषकलाई रकमको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “दूध तथा मासुमा आत्मनिर्भर बनाउन र भैँसी तथा उन्नत गाई भारतबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।” उहाँका अनुसार आत्मनिर्भर हुँदै बाह्य जिल्लामा निर्यात गर्नसमेत मद्दत पुग्ने गरी दीर्घकालीन लक्ष्य लिएर कार्यक्रम ल्याइएको हो । उहाँले भन्नुभयो, “यस अभियानलाई सफल बनाउन केन्द्रले कृषकलाई पुरस्कारस्वरुप प्रोत्साहन रकमको समेत व्यवस्था गरेको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा अनुदानको व्यवस्था गरिएको केन्द्रले जनाएको छ । नेपालमा अभाव हुने गरेकाले मुर्रा भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रका प्रमुख डा श्रेष्ठले भन्नुभयो, “अनुदान पाएपछि कृषकले हुर्काउँछन्, यसले दीर्घकालीनरूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”

कृषकलाई पाडापाडी तथा बाच्छाबाच्छी हुर्काउनभन्दा दूध बेच्न फाइदा हुने गरेकाले दूध खान नदिएर अधिकांश कृषकले मार्ने गरेको उहाँले बताउनुभयो । नेपालमा राँगा, भैंसी र जर्सी गाईको अभाव हुन नदिन दीर्घकालीन योजनाका साथ यस कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो । प्रोत्साहन रकम पाउँदा कृषकले सजिलैसँग हुर्काउने हुँदा फाइदा पुग्नुका साथै मासुमा आत्मनिर्भर हुन सहज पुग्ने डा श्रेष्ठले बताउनुभयो । 

तनहुँले अण्डा र दूधमा आत्मनिर्भर हुँदै बाह्य जिल्लामा समेत निर्यात गर्दै आएको छ । पछिल्लो समय मासुमा पनि यस जिल्ला आत्मनिर्भर भएसँगै मासु उत्पादन गरी बाह्य क्षेत्रमा समेत निर्यात गर्नका लागि पशुपालन कार्यलाई प्रोत्साहन गर्न थालिएको हो । व्यावसायिक पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएपछि मासुमा आत्मनिर्भर बन्न सकेको हो ।

कति खपत कति निर्यात ? 

तनहुँमा मासु ४३ मेट्रिक टन, दूध ५० हजार मेट्रिक टन वार्षिक उत्पादन र अण्डा दैनिक दुई लाख ५० हजार उत्पादन हुँदै आएको सो कार्यालयले जनाएको छ । वार्षिक करिब २० हजार मेट्रिक टन दूध र दैनिक ५० हजार अण्डा बाह्य जिल्लामा निर्यात हुँदै आएको छ । मासु प्रतिवर्ष प्रतिव्यक्ति १४ केजी, दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर, अण्डा प्रतिवर्ष प्रतिव्यक्ति ४८ वटा आवश्यक पर्ने सो केन्द्रले तयार गरेको तथ्याङ्कमा उल्लेख छ ।

 दूध र अण्डा जिल्लामा खपतपश्चात बढी भएको वस्तु बाह्य जिल्लामा निर्यात गरिँदै आएको छ । उहाँले भन्नुभयो, “मासु उत्पादन गरेर बाह्य जिल्लामा निर्यात गर्ने उद्देश्यले पशुपालन क्षेत्रलाई प्राथामिकतामा राखिएको छ ।” मासुमा समेत आत्मनिर्भर बन्न सफल भएको यस जिल्लालाई अब बाह्य जिल्लामा निर्यात गर्ने गरी पशुपालन क्षेत्रमा काम भइरहेको केन्द्रका प्रमुख एवं डा श्रेष्ठले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा