९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाग्मती प्रदेशका १३ जिल्लामा वर्षे धानबालीको रोपाइँ सम्पन्न

३२ श्रावण २०७७, आईतवार ०७:२३

साउन ३२, मकवानपुर । वाग्मती प्रदेशका १३ जिल्लामा अहिले स्थानीय किसानले आ–आफनो खेतमा वर्षे धान बालीको लागि रोपाइँ सम्पन्न गरेको प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ । प्रदेशको १३ जिल्लामा वर्षे धानबाली लगाउन कूल एक लाख, १८ हजार ७४ हेक्टर जग्गामा उन्नत जातको धानबाली लगाउने लक्ष्य अनुसार किसानले आफ्नो खेतमा धान रोपाइँ गरेको प्रदेश कृषि विकास निर्देशनालयका कृषिविज्ञ रामहरि तिमल्सिनाले बताउनुभएको छ ।

उहाँका अनुसार प्रदेशको विभिन्न जिल्लाको मौसमअनुरुप उन्नत जातको धानको बीउ मकवानपुर–१, राधा–४ सावित्री, मन्सुली, कलमसार तथा हाइब्रिड ३१२ र ३१४ लगायतका धानको बीउलाई किसानले रोपाइँ गर्ने गरेका छन् ।

यसैगरी मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका विभिन्न वडामा उन्नत जातको धानको बीउको रोपाइँ गर्ने कार्य पनि सम्पन्न भएको कृषि विकास ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । मकवानपुरमा १० हजार ४०० हेक्टर जग्गामा किसानले बर्षे धानखेती लगाएको कृषि विकास ज्ञान केन्द्रका प्राविधिक रवीन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो