२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल बनेपछि खुशी

२०७७, ३२ श्रावण आईतवार ०८:१३

साउन ३२, चन्द्रौटा । कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । विजयनगर गाउँपालिका–१ र ५ को सीमामा रहेको उक्त खोलामा रु ८४ लाख १० हजार ३०० को लागतमा पुल निर्माण भएको हो । लिडो नेपाल संस्थाको सहयोगमा निर्माण सम्पन्न पुलको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शुभारम्भ गर्दै वर्षात्को समयमा पालिकावासीलाई आवतजावत गर्न नसक्ने अवस्था अब हटेको बताउनुभयो । 

अहिले वडा नं १ का बासिन्दालाई सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो । वर्षैदेखि यहाँका बालबालिका वर्षात्को समयमा विद्यालय जान नसक्ने अवस्थामा रहेको अर्रा प्राविका प्रध्यानाध्यापक सुदिप सारुले जानकारी दिनुभयो । 

झोलुङ्गे पुल निर्माण भएपछि गाउँवासी खुशी भएका छन् । बजार गएको बेला पानी परेमा उतै रोकिनुपर्ने बाध्यता अब हटेको स्थानीयवासी शिवनाथ यादवले बताउनुभयो । झोलुङ्गे पुल निर्माण भएपछि विजयनगर गाउँपालिकाका भगरापुर, नयाँबस्ती, वीरनगर, अस्नारा, मन्नगरा, थरौलीलगायत गाउँका झण्डै ८०० घरपरिवारलाई आवातजावतमा सहज भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा