भदौ १, काठमाडौँ । सुनचाँदीको भाउ आज घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन आज तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाली बजारमा गत शुक्रबारका तुलनामा २०० घटेर आइतबार ९८ हजार ४०० रूपैयाँ प्रतितोला भएको थियो। शुक्रबार तोलाको ९८ हजार ६००, बिहीबार ९७ हजार ८०० र बुधबार ९५ हजार ४०० थियो। गत साता तोलाको १ लाख २ हजार ६०० सम्म पुगेको सुनको मूल्य क्रमिक ओह्रालो लागेपनि ठूलो अंकमा घटेको छैन।
यसैगरी सोमबार चाँदी १० रूपैयाँ घटेर तोलाको १ हजार ३ सय १५ रूपैयाँ भएको छ । आइतबार तोलाको १ हजार ३ सय २५ रूपैयाँ थियो। अघिल्लो दिनका तुलनामा एकै दिन ६० रूपैयाँ बढेर गत शुक्रबार तोलाको १ हजार ३ सय ५५ रुपैयाँ पुगेको थियो।