९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय बीमा कम्पनीको नाफा १८% घट्यो

१ भाद्र २०७७, सोमबार ०५:४९

भदौ १, काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको नाफा घटेको छ भने खर्च ३५ प्रतिशत बढेको छ।  संस्थानले सार्वजनिक गरेको गत आवको लेखा परीक्षण नभएको वित्तीय विवरण अनुसार आम्दानी ओह्रालो लागेको छ।

कम्पनीको नाफा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आव २०७६/७७ मा १८.२७ प्रतिशत घटेको छ। कम्पनीले अघिल्लो आवमा ७८ करोड १३ लाख १० हजार रुपैयाँ नाफा गरेको थियो। गत आवको नाफा ६३ करोड ८५ लाख ६६ हजार मात्र छ। 


कम्पनीको गत आवमा आम्दानी अघिल्लो आवको तुलनामा ६ प्रतिशत घटेको छ भने खर्च ३५ प्रतिशत बढेको छ। आम्दानीमा ह्रास आउँदा नाफा घट्न पुगेको हो। कम्पनीले ९४ करोड २२ लाख आम्दानी गरेको छ। अघिल्लो आवमा १ अर्ब बढी आम्दानी गरेको थियो ।

कम्पनीले अघिल्लो आवमा २२ करोड ५० लाख खर्च गरेको थियो भने गत आवमा ३० करोड ३६ लाख खर्च गरेको छ। कम्पनीको बीमा शुल्क र बीमा शुल्क आर्जनसमेत घटेपछि नाफा घट्न थप सहयोग पुगेको हो।

कम्पनीको बीमा शुल्क ३५ प्रतिशत र बीमा शुल्क आर्जन ५ प्रतिशत घटेको छ। कम्पनीको बीमा शुल्क २२ करोड ४५ छ भने १५ हजार ९ सय ३० बीमालेखबाट १ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले १५ हजार २७ दाबी भुक्तानीबाट कुल ९ करोड ६० लाख दाबी भुक्तानी गरेको छ।

कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख छ भने जगेडा कोषमा २ अर्ब ९६ करोड ८३ लाख रूपैयाँ छ। साथै, बीमा कोषमा २ अर्ब २५ करोड छ। कम्पनीको प्रतिसेयर आम्दानी २ सय ३९.४९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १ हजार २ सय १३.२५ रुपैया छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो