२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजीनामा दिएपछि पुनःनिर्माणका काम प्रभावित

२०७७, ३ भाद्र बुधबार ०६:१०

भदौ ३, तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय तनहुँमा कार्यरत १३ प्राविधिकले काममा नफर्किने भनी राजीनामा दिएका छन् । उक्त कार्यालयका प्राविधिकले धमाधम राजीनामा दिन थालेपछि विशेषगरी भूकम्पले क्षति भएका निजी आवासका पुनःनिर्माणका काम प्रभावित भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित हुने डरले प्राविधिकहरूले धमाधम राजीनामा दिन थालेपछि पुनःनिर्माणका काम प्रभावित भएको सो कार्यालयले जनाएको छ । भूकम्पले क्षति भएका निजी आवासको पुनःनिर्माण क्षेत्रका लागि ५२ प्राविधिकलाई नियुक्त गरिएको थियो ।

करारमा नियुक्त गरिएका ५२ मध्ये ३३ जनामात्रै काममा फर्किएकाले विकास निर्माणका काम प्रभावित भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय तनहुँले जनाएको छ । काममा फर्किन बाँकी रहेका १९ मध्ये १३ प्राविधिकले काममा नफर्किने जनाउँदै राजीनामा दिइसकेका छन् भने छ जनाले पनि राजीनामा दिने जानकारी गराइरहेको आयोजनाका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो ।

प्राविधिकको अभाव हुँदा मापदण्डअनुरूप घर निर्माण भए÷नभएको हेर्ने, निर्माणको आधारमा नेपाल सरकारले व्यवस्था गरेको अनुदान रकमको किस्ताबन्दीरूपमा भुक्तानीका लागि सिफारिस गर्नेलगायतका काम प्रभावित भएकोे छ । धेरैजसो प्राविधिक कर्मचारी कोरोनाबाट धेरै प्रभावित भएका तराईका जिल्लाका रहेका र उनीहरू काममा फर्कँदा क्वारेन्टिनमा बस्नुपर्नेजस्ता झन्झट भएकाले राजीनामा दिनेको सङ्ख्या बढ्दै गएको हुनसक्ने अनुमान गरिएको कार्यालयका नायबसुब्बा रामराज न्यौपानेले जानकारी दिनुभयो ।

तनहुँमा पछिल्लो समय कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि व्यास नगरपालिका र भानु नगरपालिकामा निषेधाज्ञा गरिएको छ भने अन्य तीन पालिका सिल गरिएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायस्तरमा भानु नगरपालिकामा २४, व्यास नगरपालिकामा छ, देवघाटमा दुई र बन्दीपुर एक गरी ३३ सङ्क्रमित छन् भने आँबुखैरेनी गाउँपालिका कार्यालयले पनि छिमेकी पालिकामा कोरोना देखिन थालेसँगै उच्च सतर्कता अपनाउँदै सिल गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट तनहुँमा पूर्ण क्षति भएका १४ हजार ३९५, आंशिक क्षति एक हजार ५६८ गरी कूल १५ हजार ९६३ लाभग्राही रहेको एकाइले जनाएको छ । लाभग्राहीमध्ये ९१ प्रतिशतले सम्झौता गरी पहिलो किस्ता लगेको, ६६ दशमलव २५ प्रतिशतले दोस्रो किस्ता लगेको र ६० प्रतिशतले तेस्रो किस्ता लगेको अयोजनाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा