२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजीनामा दिएपछि पुनःनिर्माणका काम प्रभावित

३ भाद्र २०७७, बुधबार ०६:१०

भदौ ३, तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय तनहुँमा कार्यरत १३ प्राविधिकले काममा नफर्किने भनी राजीनामा दिएका छन् । उक्त कार्यालयका प्राविधिकले धमाधम राजीनामा दिन थालेपछि विशेषगरी भूकम्पले क्षति भएका निजी आवासका पुनःनिर्माणका काम प्रभावित भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित हुने डरले प्राविधिकहरूले धमाधम राजीनामा दिन थालेपछि पुनःनिर्माणका काम प्रभावित भएको सो कार्यालयले जनाएको छ । भूकम्पले क्षति भएका निजी आवासको पुनःनिर्माण क्षेत्रका लागि ५२ प्राविधिकलाई नियुक्त गरिएको थियो ।

करारमा नियुक्त गरिएका ५२ मध्ये ३३ जनामात्रै काममा फर्किएकाले विकास निर्माणका काम प्रभावित भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय तनहुँले जनाएको छ । काममा फर्किन बाँकी रहेका १९ मध्ये १३ प्राविधिकले काममा नफर्किने जनाउँदै राजीनामा दिइसकेका छन् भने छ जनाले पनि राजीनामा दिने जानकारी गराइरहेको आयोजनाका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो ।

प्राविधिकको अभाव हुँदा मापदण्डअनुरूप घर निर्माण भए÷नभएको हेर्ने, निर्माणको आधारमा नेपाल सरकारले व्यवस्था गरेको अनुदान रकमको किस्ताबन्दीरूपमा भुक्तानीका लागि सिफारिस गर्नेलगायतका काम प्रभावित भएकोे छ । धेरैजसो प्राविधिक कर्मचारी कोरोनाबाट धेरै प्रभावित भएका तराईका जिल्लाका रहेका र उनीहरू काममा फर्कँदा क्वारेन्टिनमा बस्नुपर्नेजस्ता झन्झट भएकाले राजीनामा दिनेको सङ्ख्या बढ्दै गएको हुनसक्ने अनुमान गरिएको कार्यालयका नायबसुब्बा रामराज न्यौपानेले जानकारी दिनुभयो ।

तनहुँमा पछिल्लो समय कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि व्यास नगरपालिका र भानु नगरपालिकामा निषेधाज्ञा गरिएको छ भने अन्य तीन पालिका सिल गरिएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायस्तरमा भानु नगरपालिकामा २४, व्यास नगरपालिकामा छ, देवघाटमा दुई र बन्दीपुर एक गरी ३३ सङ्क्रमित छन् भने आँबुखैरेनी गाउँपालिका कार्यालयले पनि छिमेकी पालिकामा कोरोना देखिन थालेसँगै उच्च सतर्कता अपनाउँदै सिल गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट तनहुँमा पूर्ण क्षति भएका १४ हजार ३९५, आंशिक क्षति एक हजार ५६८ गरी कूल १५ हजार ९६३ लाभग्राही रहेको एकाइले जनाएको छ । लाभग्राहीमध्ये ९१ प्रतिशतले सम्झौता गरी पहिलो किस्ता लगेको, ६६ दशमलव २५ प्रतिशतले दोस्रो किस्ता लगेको र ६० प्रतिशतले तेस्रो किस्ता लगेको अयोजनाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य