९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाको काँचो स्याउ बजारमा

४ भाद्र २०७७, बिहीबार ०५:२३

भदौ ४, खलङ्गा । जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ । यस पटक व्यापारीले नपाक्दै स्याउ सुर्खेत बजारमा लगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भदौ १० गतेभन्दा तल सिफारिस नदिनका लागि आग्रह गरेका थियौँ । यहाँका स्थानीय तहका वडाध्यक्षले मनपरी रुपमा ढुवानीका लागि सिफारिस दिँदा काँचो स्याउ रोक्न सकिएन  जसले जुम्ली स्याउको गुणस्तरीयतामाथि प्रश्नचिन्ह खडा हुन पुग्यो ।”

स्थानीय तहले महत्व बुझ्न नसक्दा बजारमा काँचो स्याउ पुगेको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । हरितालिका  नजिकिँदै गरेकाले यहाँका व्यापारी काँचो स्याउ उठाउन हतारिएका हुन् । यस पटक स्याउ उत्पादन निकै कम हुने सम्भावना छ । कृषि कार्यालयले पाँच हजार एक सय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरेको छ । उत्पादन कमी हुँदा स्याउको महत्व बढ्ने भएकाले स्याउ टिप्न हतारो नगर्न कृषि विकास कार्यालयले आग्रह गरेको छ ।  

जिल्लामा गोल्डेन, रोयल, रेड, जोनाथन, स्वीच एमी र चक्लेट जातको स्याउ उत्पादान हुने गरेको छ । पछिल्लो समयमा अष्ट्रेलियाली जातको फुजी स्याउसमेत जिल्लामा खेती गरिएको छ ।  बन्दाबन्दी र  निषेधाज्ञाले पाकेको स्याउ सुर्खेत र नेपालगञ्ज लैजान ठूलो समस्या खडा हुने हो कि भनेर यहाँका स्याउ किसानमा निराशा छाएको तिला गाउँपालिका – १ का स्याउ किसान गोर्ख बस्नेतले बताउनुभयो । गत वर्ष जिल्लामा १२ हजार मेट्रिक टन स्याउ फलेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो