२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा दर्ता भएका उद्योगमा दुई अर्ब लगानी

४ भाद्र २०७७, बिहीबार १०:०४

कृष्ण न्यौपाने । भदौ ४, दमौली । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढेको हो । तीन तहको स्थायी सरकार बनेपछि मुलुकमा लगानीको वातावरण सिर्जना भएको हो । तनहुँ जिल्लामा दर्ता भएका उद्योगमा करीब रु दुई अर्ब लगानी भएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति तनहुँमा दर्ता भएका उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको हो । तीमध्ये उद्योगतर्फ रु ७० करोड २८ लाख ९६ हजार सात सय ५९ तथा वाणिज्यतर्फ रु एक अर्ब १९ करोड २३ लाख ६३ हजार नौ सय लगानी भएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार उत्पादनमूलक उद्योगतर्फ रु ९ करोड १६ लाख, कृषि तथा वनजन्यतर्फ रु २७ करोड ७७ लाख ७३ हजार ८ सय ५८, पर्यटन उद्योगतर्फ रु चार करोड ३४ लाख, सेवामूलकतर्फ रु २० करोड ८१ लाख २२ हजार ९ सय एक र सूचना प्रशारण तथा सञ्चार प्रविधितर्फ रु आठ करोड २० लाख लगानी भएको छ ।

जिल्लामा विगत एक वर्षको अवधिमा तीन हजार पाँच सय १५ नयाँ उद्योग थपिएको छ । आर्थिक वर्ष २०७६/७७ मा उद्योगतर्फ एक हजार सात सय एक र वाणिज्यतर्फ एक हजार आठ सय १४ उद्योग दर्ता भएको समितिले जनाएको छ । नयाँ उद्योगमध्ये उत्पादनमूलकतर्फ एक सय ६८, कृषि तथा वनजन्यतर्फ छ सय, पर्यटनतर्फ चार सय ७१, सेवामूलकतर्फ तीन सय ४२, सूचना प्रशारण तथा प्रविधितर्फ एक सय २० रहेको कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ उद्योग दर्ता भएको छ । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषि सम्बन्धी उद्योग दर्तामा वृद्धि भएको प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यमी बन्ने युवाको सङ्ख्या वृद्धि भएपछि कृषि तथा वनजन्य उद्योग दर्ता बढेको हो । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

गत आर्थिक वर्ष २०७५/०७६ मा उद्योगतर्फ एक हजार एक सय ३५ उद्योग दर्ता भएको थियो । गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा पाँच सय ६६ उद्योग बढी दर्ता भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्पादनमूलकतर्फ १ सय ४३, कृषि तथा वनजन्य तर्फ ४ सय ९९, सेवामूलकतर्फ २ सय ९५, पर्यटनमूलकतर्फ १ सय ९२, निर्माणतर्फ ६ उद्योग दर्ता भएका थिए ।

८० लाख राजश्व सङ्कलन

उद्योग नवीकरणबाट कार्यालयले उक्त अवधिमा रु ८० लाख ११ हजार ६ सय १ राजश्व सङ्कलन गरेका छ । तीमध्ये उद्योगतर्फ रु २६ लाख दुई हजार तीन सय ४० र वाणिज्यतर्फ रु ५४ लाख नौ हजार दुई सय ७५ रहेको छ । 

रु एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार एक सय, रु तीन लाखसम्म पुँजी भएको उद्योगले रु तीन हजार एक सय, रु पाँच लाखसम्म पुँजी भएको उद्योगले रु छ हजार एक सय, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार एक सय, रु एक करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार एक सय, रु ५ करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार एक सय तथा रु पाँच करोडभन्दा माथि पुँजी भएको उद्योगले रु ५० हजार एक सय १० दर्ता शुल्क बुझाउनुर्पे प्रावधान छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य