भदौ ५, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। बिहीबार ९८ हजार ८ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबारको तुलनामा भने बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको थियो। शुक्रबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी शुक्रबारका लागि १३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।