२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञामा पनि रेमिटेन्स भुक्तानी गर्न राष्ट्र बैंकको निर्देशन

२०७७, ५ भाद्र शुक्रबार ०८:१४

भदौ ५, काठमाडौं। राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले परिवारका लागि पठाएको पैसा भुक्तानीका लागि काउन्टर खोल्न निर्देशन दिएको छ। शुक्रबार राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै रेमिटेन्स काउन्टर खोल्न निर्देशन दिएको हो। कोभिड-१९ को संक्रमण काठमाडौं उपत्यका लगायत मुलुकका सबैजसो स्थानमा गरिएको निषेधाज्ञाले रेमिटेन्स भुक्तानी पनि प्रभावित भएको छ।

विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी पाउन नसक्दा घरव्यवहार चलाउन पनि अप्ठ्यारो पर्न सक्ने देखिएको भन्दै राष्ट्र बैंकले स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेशको परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न भनेको छ। काउन्टर खोल्दा स्वास्थ्य सुरक्षासँग सम्बन्धित सबै मापदण्ड कायम गर्न पनि भनिएको छ। 

राष्ट्र बैंकले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई सकेसम्म न्युनतम कर्मचारीबाट विप्रेषण भुक्तानीको व्यवस्था मिलाउन भनेको छ। 

बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा  सटही गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंकमार्फत हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। यसैगरी आफू अन्तर्गतका निकायहरुलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अनुपालना गरी भिडभाड नगर्न निर्देशन दिन भनिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो