९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धादिङका जोखिमका बस्ती स्थानान्तरण गर्न माग

५ भाद्र २०७७, शुक्रबार ०९:३५

भदौ ५, धादिङ । लगातारको वर्षातका कारण उत्तर धादिङको जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्न गाउँबासीले आग्रह गरेका छन् ।  पहिरोले पटक पटक जोखिम भनिएका बस्तीहरु स्थानान्तरण गर्नुका लागि जिल्ला विपद व्यवस्थापन समितिले  वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँंग माग गरेको हो ।  समितिको यही भदौ २ गतेको निर्णयले बस्ती स्थानान्तरण गर्नका लागि सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभएको छ । 

रुवीभ्याली गाउँपालिकाको वडा २ आरनडाँडा, वडा  ४ हिन्दुुङ, वडा ५  कपुरगाउँ झक्री टोल, लामा टोल, निवेर वडा ६  तीर, र गंगाजमुना गाउँपालिकाको वडा १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले बस्ती स्थानान्तरण गर्न माग गरिएको हो । बस्ती स्थानान्तरणको सिफारिस पछि गाउँमा समस्या आइरहेको र जोखिम बढेका कारण तीन ओटा टोलबासीले  निर्णय गरी आज बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग स्थानन्तरणको माग गरेका छन् । 

रुबीभ्याली ५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १ सय १ घर, नेवेर गाउँको ८२ घर र तिरगाउँको ७५ घरधनीहरुले आफूहरु स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदन सहित  प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग माग गरिएको कपुरगाउँका दिनेश तामाङले बताउनुभएको छ । बस्तीहरुमाथीबाट पहिरो आएर गाउँ जोखिम भएको छ भने केही घर क्षति पुगि सकेकोले समस्यआइरहेको गाउँबासीको भनाइ छ । सो क्षेत्र भूकम्पपछि नै जोखिम सूचिमा रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो