२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीजको साइतमा बाढीपीडित एकल महिलाको घर शिलान्यास

२०७७, ५ भाद्र शुक्रबार ०९:३७

भदौ ५, झापा। माइती र चेलीबीचको सम्बन्धलाई प्रगाढ तुल्याउने महान चाड तीजको साइत पारेर आज झापाको शिवसताक्षीमा बाढीबाट विस्थापित एउटी एकल महिलाका लागि नगरपालिका र समुदायले पक्की घर निर्माणको शुभारम्भ गरेका छन् ।

गत असार १२ गत कनकाई नदीको बाढीले घर बगाएपछि अढाई वर्षको एक छोरा, ५ र ७ वर्षका दुई छोरीलाई लिएर शिवसताक्षी–१० की तारा शेर्मा रेडक्रसले दिएको त्रिपालमा खोला किनारमा असुरक्षितरूपमा बस्दै आउनुभएको थियो । उहाँको कारुणिक अवस्था सञ्चारमाध्यममा आएपछि मेची अभियानले पक्की घर बनाइदिने घोषणा गरेको थियो । आज झापाको शिवसताक्षी–११ मा सोही घरको शिलान्यास गरिएको छ ।

ताराका लागि बनाइने घरमा तीन कोठा र एउटा शौचालय रहने बताइएको छ । छानो जस्ता पाताको भए पनि घरको कोठाहरु सिमेन्ट र इँटाले बनाइनेछ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र अभियानका संयोजक विजय डालमियाले घरको संयुक्तरूपमा शिलान्यास गर्नुभयो ।

नगरपालिकाले घरबारविहीन परिवारको बसोबासका लागि तोकेको जनता आवास क्षेत्रमै पाँच धुर जग्गा उपलब्ध गराएको छ । त्यहाँ यसअघि १२ वटा घर निर्माणाधीन अवस्थामा छन् ।यही सालको तिहार अगावै घरको निर्माण सकेर तारालाई हस्तान्तरण गरिने मेची अभियानका संयोजक डालमियाले जानकारी दिनुभयो । घर निर्माणमा रु सात लाख लाग्ने अनुमान गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा