२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ३४ प्रतिशतले घट्यो

२०७७, ५ भाद्र शुक्रबार ०९:४०

भदौ ५ म्याग्दी । गत आर्थिक वर्ष २०७६/७७ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ३४ प्रतिशतले घटेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)का कारण सो आवको पछिल्लो चार महिना पर्यटक आगमन शून्य रह्यो । स्वदेशी र विदेशी दुवै किसिमका पर्यटक आगमनसँगै पर्यटन र होटल ब्यवसाय ठप्प भएको छ । 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार ७६ साउनदेखि २०७७ असारसम्म म्याग्दी घुम्ने पर्यटकको सङ्ख्या ५० हजार थियो । प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन ३४ प्रतिशतले घटेको बताउनुभयो ।  ‘‘आव  २०७४/७५ र २०७५/७६ मा ७५ हजारको हाराहारीमा पर्यटक आएका थिए,’’ उहाँले भन्नुभयो ‘‘गएको वर्ष फागुनसम्म मात्र पर्यटक आएको देखिन्छ । त्यसपछि शून्य छ ।’’ 

आव २०७५/७६ मा ७५ हजार १९१, २०७४/७५ मा ७४ हजार ७३३, २०७३/७४ मा ६९ हजार ८३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार ६३२ जना थियो । गतवर्ष म्याग्दी भित्रने पर्यटक ३० हजार र बाहिरिने २० हजार जना छन् । बन्दाबन्दी र अन्तरराष्ट्रिय उडान तथा नाका बन्द भएकाले  चैत, वैशाख, जेठ र असार महिनामा पर्यटक सङ्ख्या शून्य छ । 

गत कात्तिकमा सबैभन्दा बढी १३ हजार ११९ र असोजमा १० हजार ३७ जना पर्यटक आएका छन् । घोरेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले जिल्ला भित्र्ने र बाहिरीने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो । 

म्याग्दीमा आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा घोरेपानी, पुनहिल क्षेत्र पर्छ । धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रा, अन्नपूर्ण धौलागिरी, धौलागिरी सेञ्चुरी, धौलागिरी चक्रिय, धौलागिरी आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलहरुको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् । 

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अस्टे«लिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउँछन् । बेनी, तातोपानी, घोरेपानीलगायत स्थलमा पर्यटकलाई लक्षित गरेर दुई सय बढी सुबिधा सम्पन्न होटल तथा लज छन् । 

कोरोनाले पर्यटन क्षेत्रलाई तहसनहस बनाएको भुरुङ्ग तातोपानीका होटल ब्यवसायी अमृतमान शेरचनले बताउनुभयो । “होटल र पर्यटन मजदुरको रोजगारी गुमेको छ । व्यवसायीले बैंकको ऋण तिर्न समस्या भएको छ । कृषकले उत्पादन गरेका वस्तु बेच्न पाएका छैनन्,’’ उहाँले भन्नुभयो ‘‘धेरै क्षेत्रसँग जोडिएकाले होटल तथा पर्यटन ठप्प हुँदा मानिसको आर्थिक र जनजीवनमा समेत प्रभाव पारेको छ ।’’ रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा