९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिजिटल भुक्तानी सेवा सुरु गर्न सिद्धार्थ बैंक र थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसनबीच सम्झौता

५ भाद्र २०७७, शुक्रबार १०:०५

भदौ ५, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ ३६० ट्रान्सपोर्ट सोलुसनसँग व्यावसायिक सम्झौता गरेको छ । सो बैंक र थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसनबीच आज संझौता भएको हो ।

उक्त सम्झौतापत्रमा थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मी र सिद्धार्थ बैंकका सहायक महाप्रबंधक सुरेश राज महर्जनले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौतापश्चात् ३६०ट्रान्सपोर्ट सोलुसन्स्अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरी पीओएसमार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।


थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स प्रा.लि. ले विकसित गरेको प्रणालीमा डिजिटल भाडा भुक्तानीका अलावा जि.पि.एस. ट्रयाकिङ, स्मार्ट बहुउपयोगी बोर्ड, मोबाइल एप्लिकेशन लगायतका बिभिन्न बिशेषता रहेको छ । उक्त हस्ताक्षर कार्यक्रममा थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कम्पनी आफैले विकास गरेको यस पूर्ण प्रणालीको प्रयोगबाट यातायात व्यवशायी, सर्वसाधारण, सरकार, यातायात कर्मचारी लगायत सम्पुर्ण सरोकारवालालाई फाइदा पुग्ने बताउनू भयो ।

बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप डिजिटाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुहरुले केही हदसम्म भए पनि बस भाडाका लागि खुद्रा बोक्नुपर्ने झन्जट नरहने विश्वास लिइएको सो बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो