९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भदौ १६ देखि हुने नियमित उडानको तालिका निस्कियो, ६० वटा नियमित उडान हुँदै

९ भाद्र २०७७, मंगलवार १६:१५

भदौ ९, काठमाडौँ | कोरोना महामारी नियन्त्रणको लाग्गी अन्तर्राष्ट्रिय उडानको रोक लगाइएको अवस्थामा सरकारी निर्णय संगै भदौ १६ देखि नियमित उडान खुला गर्ने सरकारले निर्णय यस अघिनै गरिसकेको छ । उक्त निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार एक महिना (सेप्टेम्बर )को उडान तालिका जारी गरेको छ । 

तालिका हेर्न यहाँ क्लिक गर्नुहोस 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानका लागि शर्तहरुसमेत तोकेको छ । पहिलो चरणमा पीसीआर परीक्षण सम्भव हुने मुलुकमा उडानका अनुमति दिइएको छ । 

मन्त्रालयका अनुसार, सेप्टेम्बर १ (भदौ १६) देखि सेप्टेम्बर ३० (असोज १४) सम्मको एक महिनामा ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।

मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ । 

त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, युएकोको दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । त्यस्तै अर्को नेपाली एयरलाइन्स हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुधाबीका लागि उडानको अनुमति दिएको छ ।

तालिका अनुसार सेप्टेम्बरभरि १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान भर्ने भएका छन् । 

यस अघिको निर्णयबाटै सरकारले दैनिक पाँच सय जना मात्रलाई दैनिक ल्याउन सक्ने गरि उडानको अनुमति दिने निर्णय भएको अवस्थामा नियमित उडानलाई त्यसै अनुसार मिलाउने बुझिएको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को जाँच सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन । ति देशहरुबाट चार्टर्ड उडान हुनेछ । २७ वटा चार्टर उडान गर्न अनुमति दिएको कारण ति देशबाट चार्टर्ड उडान हुनेछन् । चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, कतार, कुवेत र साउदी रहेका छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर, र सलाम एयरले चार्टर उडान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो