१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने

१० भाद्र २०७७, बुधबार ०८:५२

शरद शर्मा । भदौ १०, काठमाडौँ । सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिनुभयो ।  

अहिले मल युएइबाट ल्याई भारतको कोलकत्तास्थित बन्दरगाहमा राखिएको छ । सो मललाई कोलकत्ताबाट वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको हो । उहाँका अनुसार मङ्गलबारदेखि नेपालमा मल नेपाल आउन थालेको छ । हिजोमात्र तीन हजार मेट्रिकटन मल नेपाल भित्रिएको हो । वीरगञ्जबाट दुई हजार ५०० मेट्रिकटन र विराटनगरबाट ५०० मेट्रिकटन नेपाल आएको उहाँले बताउनुभयो । उक्त मल प्रदेश नंं १ बाहेक सबै प्रदेशमा वितरण गरिने उहाँले जानकारी दिनुभयो । 

वीरगञ्जमा रेलमार्फत २७ हजार ५०० मेट्रिकटन र विराटनगर ट्रकमार्फत पाँच हजार मेट्रिकटन मल कोलकत्ताबाट आउँदैछ । “एक दिन बिराएर अब भोलिदेखि एकपटकमा दुई हजार ५०० मेट्रिकटन मल नियमति वीरगञ्ज आउनेछ”, उहाँले भन्नुभयो, “ विराटनगरबाट भने कोलकत्ताबाट ट्रकमा मल आउनेछ ।” करिब १५ दिनमा नेपालमा ल्याउन थालेको मल सबै आइपुग्दछ । उहाँले मल आउन थालेपछि हप्ता दिनमा मल सबै किसानले सहज पाउने बताउनुभयो । यसरी आएको मल साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ । 

धान रोपाइ गरेपछि दुईपटक युरिया मल हाल्ने गरिन्छ । एकपटक धान रोपेको एक महिनापछि र अर्कोपटक बाला निस्कने बेलामा मल हाल्ने गरिन्छ । धान रोप्नेबेला भने पोटास र डिएपी मल हालिन्छ । नेपालमा मल आएसँगै करिब १० लाख कृषकले धानमा मल प्रयोग गर्न पाउनेछन् । कोलकात्ताबाट वीरगञ्जसम्म रेलमा आउने छ र त्यहाँ सुख्खा बन्दरगाहाबाट नेपालका विभिन्न साल्ट टे«डिङका डिपोमा पुर्याइनेछ । 

अहिले ल्याउन थालिएको मलले यो वर्ष रोपिएका सबै धानलाई पुग्ने मन्त्रालयका प्रवक्ता डा केसीले बताउनुभयो । “केही किसानले जेठ महिनामा वितरण गरिएको मल परी मौज्जाद राखेका छन् । पहाडका किसानले गोबर र कम्पोष्ट मल प्रयोग गर्दछन्”, उहाँले भन्नुभयो, “त्यसैले अहिले ल्याउन थालिएको मल रोपिएका धानलाई प्रशस्त्र पुग्दछ ।”

कोभिड–१९ को ले गर्दा सबै मानिस आफ्नो घर गएकाले यस वर्ष सबैभन्दा धेरै ९८ प्रतिशत रोपाइँ भएको छ । यस वर्ष करिब मन्त्रालयका अनुसार १३ लाख ४७ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ । नेपालमा वर्षेनी सैद्धान्तिक हिसाबले डिएपी, पोटास र युरिया गरी करिब आठ लाख मेट्रिकटन मल आवश्यक रहेको छ । व्यावहारिकरुपमा साढे पाँच लाख मल वर्षेनी चाहिने मन्त्रालयका प्रवक्ता डा केसीले बताउनुभयो । नेपालमा वर्षेनी दुईदेखि तीन लाख मेट्रिकटन मल आयात हुने गरेको छ । उहाँले हाइब्रिड खालका धान, मकै र आलुलाई मात्र रासायनिक मल आवश्यक हुने र अन्यका लागि यहीकै स्थानीय कम्पोष्ट र गोबर मल चाहिने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा