२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हलेसीमा हिन्दु र किराँत संस्कारमा आधारित होमस्टे

११ भाद्र २०७७, बिहीबार ०४:३०

भदौ ११, खोटाङ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा तीनवटा होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

महादेविस्थानस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा ऐसेलुखर्कमा किराँत संस्कारमा आधारित होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हलेसी विकास समितिका अध्यक्ष एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आमन्त्रित स्थायी समिति सदस्य टङ्क राईले बताउनुभयो । “तीनवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरेर होमस्टे सञ्चालन सम्बन्धी तालीम दिनुका साथै आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ”, पूर्व सांसदसमेत रहनुभएका समितिका अध्यक्ष राईले भन्नुभयो, “होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीय बासिन्दालाई आत्मनिर्भरको बाटोमा डोहोर्याउने अपेक्षा गरिएको छ ।”

माथिल्लो माल्खुमा यसअघि नै व्यावसायिकरुपमा गाई, स्थानीय जातका कुखुरा, टर्की, परेवा लगायत पशुपंछी पालन तथा तरकारी खेती गर्दै आउनुभएका सुवीन्द्र गिरीको अध्यक्षतमा समिति गठन गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ । त्रिधार्मिकस्थल हलेसीबाट ककनी मन्दिर जाने बाटोमा पर्ने २२ घर क्षेत्री÷बाहुन समुदायको बस्ती रहेको माथिल्लो माल्खुमा हिन्दु संस्कारअनुसार बालन, संगीनी, चुट्कालगायत नाच सिक्ने/सिकाउने अभ्याससमेत भइरहेको अध्यक्ष राईले बताउनुभयो । 

नगरपालिका र वडा कार्यालयसँग पनि सहकार्य गरेर सञ्चालन गर्नेगरी शुरु गरिएको माथिल्लो माल्खुको होमस्टेको नाम ‘हलेसी सामुदायिक होमस्टे माल्खु’ राखिएको छ । महादेवस्थानकै तल्लो माल्खुका १४ र ऐसेलुखर्कका ४२ घर किराँत समुदाय समेटेर होमस्टे सञ्चालक समिति गठन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले जानकारी दिनुभयो ।  

ऐसेलुखर्कमा कोपिला राई तथा तल्लो माल्खुमा एवीन्द्र राईको अध्यक्षतामा होमस्टे सञ्चालक समिति गठन गरिएको छ । हलेसी विकास समितिको पहलमा होमस्टे सञ्चालन हुने भएपछि उक्त कार्यप्रति स्थानीय बासिन्दासमेत हौसिएका छन् । दर्शनार्थी एवम् पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुन सकेको थिएन । हिन्दु तथा किराँत संस्कारमा आधारित होमस्टेमा हलेसी बजारस्थित होटल तथा लजमा बस्ने पाहुनालाई समेत साँस्कृतिक कार्यक्रम हेर्न टिकट लिएर प्रवेश गर्न दिने व्यवस्था गरिने जनाइएको छ ।

किराँत संस्कारमा आधारित होमस्टेमा साकेला नाच हेर्ने तथा नाच्ने र लोकदोहोरी गाउने व्यवस्था मिलाइने सञ्चालक समितिले जनाएको छ । किराँत समुदायको बाहुल्यता रहेको हलेसीमा विभिन्न जातजातिका समुदाय आउने भएकाले पनि हिन्दु र किराँत संस्कारमा आधारित छुट्टाछुट्टै होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो । 

हलेसी आउने पर्यटक तथा दर्शनार्थीका लागि घुमफिर गर्ने ठाउँ नभएकाले पनि होमस्टेको अवधारण लिइएको विकास समितिका अध्यक्ष राईले बताउनुभयो । “हलेसीमा अहिलेसम्म बाहिरबाट आउने पर्यटकका लागि मनोरञ्जन गर्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “अहिले अधिकांश मानिस खुला रुपमा मनोरञ्जन गर्न चाहन्छन् । मनोरञ्जन गर्न चाहने व्यक्ति तथा पर्यटकका लागि केहि हलेसी क्षेत्रमै अडिने व्यवस्था मिलाउन होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।”

हलेसीमा नेपालका सबै जिल्लाका साथै अन्य देशहरु भारत, चीन, भुटान, बंगलादेश, जापान, अमेरिका, थाईल्याण्डलगायत भक्तजन एवम् दर्शनार्थी आउने गरेका छन् । धार्मिक रुपले मात्र नभई प्राकृतिक रुपमै विश्व प्रसिद्ध हलेसीमा चैत महिनामा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्री मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्ने गरेको छ । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा ठुलो चट्टानको बीच भागमा रहेको गुफाभित्र बिराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसीलाई त्रिधार्मिकस्थालका रुपमा विकास गर्न सरकारले विसं २०५३ देखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण