२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिरो मोटोकर्पको थप सुरक्षासहितको सुपर स्प्लेन्डर बजारमा, यस्ता छन् विशेषता

२०७७, ११ भाद्र बिहीबार ०८:१५

भदौ ११, काठमाडौं। हिरो मोटोकर्पले थप सुरक्षासहितको परिस्कृत सुपर स्प्लेन्डर नेपाली बजारमा ल्याएको छ । नयाँ सुपर स्प्लेन्डर थप सुरक्षित र एकीकृत ब्रेक प्रणाली(आईबीएस)सहित रहेको कम्पनीले जनाएको छ।

आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लगाउन सक्षम बनाउँछ। सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र)इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको कम्पनीले जनाएको छ। हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने-‘नेपालमा हाम्रा ग्राहकका लागि आईबीएसको साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ। सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकल मध्ये एक हो। यो भावना र ब्रान्ड प्रतिको विश्वास अझै बढ्नेछ।'


यस्ता छन् विशेषता 

यो वाइकमा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर र १२४.७ सीसी इन्जिन छ। यो वाइकले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी)को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार वाइक ९० किलोमिटर प्रतिघण्टा अधिकतम गति दिन्छ।

वाइकमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय व्हील्स, आरामदायक सीट प्रोफाइल, १३ लिटरको इन्धन ट्यांकी र  ट्यांकी मुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्स समेत छ। यो वाइक पाँच विभिन्न रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो वाइक देशभरिका हिरो मोटरसाइकलको आधिकारिक शोरुममा पाइने कम्पनीले जनाएको छ। कम्पनीले यो वाइकको मूल्य १ लाख ९८ हजार रुपैयाँ तोकेको छ। यो वाइकमा सेल्फ ड्रम एलोय ह्वील छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा