९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिरो मोटोकर्पको थप सुरक्षासहितको सुपर स्प्लेन्डर बजारमा, यस्ता छन् विशेषता

११ भाद्र २०७७, बिहीबार ०८:१५

भदौ ११, काठमाडौं। हिरो मोटोकर्पले थप सुरक्षासहितको परिस्कृत सुपर स्प्लेन्डर नेपाली बजारमा ल्याएको छ । नयाँ सुपर स्प्लेन्डर थप सुरक्षित र एकीकृत ब्रेक प्रणाली(आईबीएस)सहित रहेको कम्पनीले जनाएको छ।

आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लगाउन सक्षम बनाउँछ। सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र)इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको कम्पनीले जनाएको छ। हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने-‘नेपालमा हाम्रा ग्राहकका लागि आईबीएसको साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ। सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकल मध्ये एक हो। यो भावना र ब्रान्ड प्रतिको विश्वास अझै बढ्नेछ।'


यस्ता छन् विशेषता 

यो वाइकमा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर र १२४.७ सीसी इन्जिन छ। यो वाइकले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी)को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार वाइक ९० किलोमिटर प्रतिघण्टा अधिकतम गति दिन्छ।

वाइकमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय व्हील्स, आरामदायक सीट प्रोफाइल, १३ लिटरको इन्धन ट्यांकी र  ट्यांकी मुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्स समेत छ। यो वाइक पाँच विभिन्न रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो वाइक देशभरिका हिरो मोटरसाइकलको आधिकारिक शोरुममा पाइने कम्पनीले जनाएको छ। कम्पनीले यो वाइकको मूल्य १ लाख ९८ हजार रुपैयाँ तोकेको छ। यो वाइकमा सेल्फ ड्रम एलोय ह्वील छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो