२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुरमा भौतिक पूर्वाधारका एक दर्जन योजना

२०७७, ११ भाद्र बिहीबार ०८:४९

भदौ ११, वागमती । मकवानपुर जिल्लाका स्थानीय तहमा खानेपानीलगायत अन्य क्षेत्रको भौतिक पूर्वाधार निर्माणका एक दर्जन योजनामा रु १० करोड ४१ लगानी भएको छ ।  जिल्ला समन्वय समितिले जिल्लाका स्थानीय तहका योजना निर्माणमा उक्त रकम गत आर्थिक वर्ष २०७६/७७ मा लगानी गरेको हो । कार्यालयका अनुसार गाउँपालिका र नगरपालिका तथा उपमहानगरपालिकाद्वारा निर्माण गरिने खानेपानी, स्वास्थ्यचौकी भवन तथा वडा कार्यालय भवन र सामुुदायिक भवनलगायत एक दर्जन योजना निर्माणमा लगानी सहयोग गरिएको बताइएको छ । 

जिससले कार्ययोजना बनाएर स्थानीय निकायलाई भवन निर्माण योजनामा ६० प्रतिशत र खानेपानी योजनामा ७५ प्रतिशत लगानी गरेको हो । अन्य लगानी सम्बन्धित निकायले आफैँ गरेको छ । प्राप्त विवरणअनुसार थाहा नगरपालिका– ७ मा बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड ५० लाख, इन्द्रसरोवर गाउँपालिकाका वडा नं ३, ४ र ५ का वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माणका लागि रु एक करोड तथा मनहरि गाउँपालिकाको मोतीदेवी सभागृहको निर्माणका लागि रु १२ लाख प्रदान गरिएको छ । 

मकवानपुरगढी गाउँपालिकाको बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड ३५ लाख, राक्सिराङ गाउँपालिकामा छात्रावास निर्माणका लागि रु एक करोड, बकैया गाउँपालिकाको जुरेली बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड तथा मनहरि गाउँपालिकाका वडा कार्यालय भवन निर्माण गर्न रु एक करोड दिइएको बताइएको छ । हेटाँैडा उपमहानगरपालिका– ८ को सामुुदायिक भवन निर्माणमा रु ६९ लाख, वडा नं १३ को वडा कार्यालय भवन बनाउनका लागि रु १५ लाख, वडा नं १४ को खानेपानी योजनाका लागि रु दुुई करोड चार लाख र वडा नं १२ को वडा कार्यालय भवन निर्माणमा रु ५० लाख दिइएको जिससका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा