१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुरमा भौतिक पूर्वाधारका एक दर्जन योजना

११ भाद्र २०७७, बिहीबार ०८:४९

भदौ ११, वागमती । मकवानपुर जिल्लाका स्थानीय तहमा खानेपानीलगायत अन्य क्षेत्रको भौतिक पूर्वाधार निर्माणका एक दर्जन योजनामा रु १० करोड ४१ लगानी भएको छ ।  जिल्ला समन्वय समितिले जिल्लाका स्थानीय तहका योजना निर्माणमा उक्त रकम गत आर्थिक वर्ष २०७६/७७ मा लगानी गरेको हो । कार्यालयका अनुसार गाउँपालिका र नगरपालिका तथा उपमहानगरपालिकाद्वारा निर्माण गरिने खानेपानी, स्वास्थ्यचौकी भवन तथा वडा कार्यालय भवन र सामुुदायिक भवनलगायत एक दर्जन योजना निर्माणमा लगानी सहयोग गरिएको बताइएको छ । 

जिससले कार्ययोजना बनाएर स्थानीय निकायलाई भवन निर्माण योजनामा ६० प्रतिशत र खानेपानी योजनामा ७५ प्रतिशत लगानी गरेको हो । अन्य लगानी सम्बन्धित निकायले आफैँ गरेको छ । प्राप्त विवरणअनुसार थाहा नगरपालिका– ७ मा बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड ५० लाख, इन्द्रसरोवर गाउँपालिकाका वडा नं ३, ४ र ५ का वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माणका लागि रु एक करोड तथा मनहरि गाउँपालिकाको मोतीदेवी सभागृहको निर्माणका लागि रु १२ लाख प्रदान गरिएको छ । 

मकवानपुरगढी गाउँपालिकाको बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड ३५ लाख, राक्सिराङ गाउँपालिकामा छात्रावास निर्माणका लागि रु एक करोड, बकैया गाउँपालिकाको जुरेली बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड तथा मनहरि गाउँपालिकाका वडा कार्यालय भवन निर्माण गर्न रु एक करोड दिइएको बताइएको छ । हेटाँैडा उपमहानगरपालिका– ८ को सामुुदायिक भवन निर्माणमा रु ६९ लाख, वडा नं १३ को वडा कार्यालय भवन बनाउनका लागि रु १५ लाख, वडा नं १४ को खानेपानी योजनाका लागि रु दुुई करोड चार लाख र वडा नं १२ को वडा कार्यालय भवन निर्माणमा रु ५० लाख दिइएको जिससका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा